बाढी प्रभावित क्षेत्रमा सांसदको टोली : सबैकाे आ-आफ्नै दुखेसाे

बाढी प्रभावित क्षेत्रमा सांसदको टोली : सबैकाे आ-आफ्नै दुखेसाे

रौतहट  ः बाढी पीडित र नदी कटानको अवस्था बुझ्न सांसद सहितको टोली रौतहट पुगेको छ। टाेलीमा समावेश भएका विभिन्न दलका सांसदहरुले पीडित समक्ष आ-आफ्नै दुखेसाे पाेखेका छन्।

रौतहट–३का सांसद तथा नेकपाका प्रदेश–२ अध्यक्ष प्रभु साहले शनिबार प्रदेश सरकारको कमजोरीले रौहतटका बाढी पीडितले थप पीडा भोग्नु परेको बताए। रौतहटमा बाढी र डुवानबाट अर्बौंको क्षेति भएको जानकारी दिँदै सडक मर्मतमा कसैले चासो नदिएको समेत सांसद साहले बताए। बाढी आएको १५ दिन गुज्रिँदा पनि ग्रामिण भेगका सडकहरु ठप्प भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

रौतहट–४ का सांसद देवप्रसाद तिमल्सेनाले प्रदेश र केन्द्र सरकारले रौतहटको बाढी पीडितप्रति ध्यान नदिएको गुनासो गरे। जिल्लाको समस्याको विषयमा सदनलाई पनि जनकारी गराएको र ५० पटक मन्त्रीहरुलाई भेटेर भनेपनि कुनै सुनवाइ नभएको तिमल्सेनाले दुखेसो गरे।

बाढीबाट रौतहटमा ठुलो क्षेती भएको र सरकारलाई पुर्व तयारीका लागि पटक–पटक जानकारी गराउन बेवास्ता गरेको रौतहट–१ का सांसद तथा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाले गुनासो गरेका छन्।

आफुले बाढी पहिरोको विषयमा १७ महिनामा १२ पटक सदनमा बोलेपनि सरकारले सुनवाइ नगरेको उनको गुनासो छ। बाढी र डुवानपछिको अवस्थाको निरिक्षण गर्न एक दर्जन  सांसदहरु शनिबार रौतहट आइपुगेका छन्। उनीहरुले बागमती  र लालबकैया नदीले कटान गरेको स्थानको निरिक्षण गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.