अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

डोटी : डोटीको शिखर नगरपालिका वडा नम्बर ७ लाटामाडौंको वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ। शनिबार राति ११/१२ बजेतिर अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको भएपनि विप्लब समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने घटनास्थल पुगेका दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख एवम् सई कमलापती पन्तले जानकारी दिए।

स्थानीयले बताए अनुसार ८/१० जनाको विप्लब समूहका कार्यकर्ता आएर कार्यालयमा आगजनी गरेको पन्तले बताए। आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा जलेको छ। आगो अहिले बिहानसम्म बलिरहेकाले निभाउने काम  भइरहेको प्रहरीले जनाएको छ। कार्यालयमा रहेका कागजात, फर्निचर जलेर नष्ट भएको छ। आगजनी कसले गर्यो, कसको नेतृत्वमा भयो भन्ने विषयको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष नरबहादुर बलायरले विप्लबका कार्यकर्ता स्थानीय दीर्घ कुँवरको नेतृत्वमा वडा कार्यालय जलाइएको हुन सक्ने बताए। उनका अनुसार दुई महिना अगाडिसमेत कुँवरको नेतृत्वमा आएको चार/पाँच जनाको समूहले जाँड रक्सी खाएर कार्यालय जलाइदिने धम्की दिएका थिए। आगलागिबाट कार्यालय भवन पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष बलायरले जानकारी दिए।

विप्लब समूहले यस अघि डोटीका बडीकेदार गाउँपालिकाको वडा नम्बर ४ मान्नाकापडीको वडा कार्यालय र जोरायल गाउँपालिकाको वडा नम्बर ४ लक्ष्मीनगरको वडा कार्यालयमा आगजनी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.