बोबोब्वायको शक्तिशाली घडी

बोबोब्वायको शक्तिशाली घडी

बोबोब्वाय मलेसियन एनिमेटेड सिरिज हो। यसलाई फ्रान्सको एनिमोनस्टा स्टुडियोले उत्पादन गरेको हो। यो कथामा बोबोब्वाय नाम गरेको एक मुख्य पात्र हुन्छ। उसँग सुपरपावर हुन्छ। उक्त सुपरपावर तत्त्वमा आधारित हुन्छ। उसले आफ्नो साथी यिङ, हेना/याया, गोपाल र फाङसँग मिलेर एउटा टिम बनाउँछ। उनीहरू पृथ्वीलाई एलियनको खतराबाट बचाउनको लागि लड्छन्।

यो कार्टुनलाई तीन सिजनमा प्रदर्शन गरिएको थियो। यो कार्टुनको लेखन अब्दुल रजक र अन्स अब्दुल अजिजले गरेका हुन्। यो कार्टुन एनिमेस्टा स्टुडियोको पहिलो उत्पादन हो। यो कथा पहिले कफीको दुव्र्यसनी भएको एलियन अडु डुमा केन्द्रित छ। उसले पृथ्वीमा आउने बाटो बनाएको छ। पछि कथामा साधारण परिवर्तन गरियो। एलियनहरू कफीको सट्टा कोकाको खोजीमा भएको देखाइयो। कार्टुन पारखीका अनुसार यसको मुख्य कारण कफी तीतो स्वादको कडा पेय पदार्थ हो र यो बालबालिकाको लागि उपभोग्य हुँदैन भन्ने थियो।

यो शृंखलालाई मलाया र अंग्रेजी भाषामा रिलिज गरिएको थियो। यो कार्टुन तीन सिजनमा प्रदर्शन गरिएको छ र यसका ५२ एपिसोड छन्।

पहिलो सिजन

पहिलो सिजनमा १३ एपिसोड छन्। यसलाई डिज्नी च्यानल एसियाबाट प्रदर्शन गरिन्थ्यो। यो एपिसोडको प्रमुख भूमिकामा रहेको बोबोब्वाय स्कुलको छुट्टीमा आफ्नो हजुरबुवा टोक अबाको घर गएको देखाइन्छ। यही समयमा अडु डु नाम गरेका एलिएन अटा टा टिगा नामक ग्रहबाट ऊर्जाको स्रोत खोज्नको लागि पृथ्वीमा आउँछ। पृथ्वीमा आएपछि उसले कोका एक शक्तिशाली ऊर्जाको स्रोत हो भन्ने कुरा थाहा पाउँछ। कोका ३० हजार वर्ष पहिले उसको ग्रहबाट लोप भएको थियो। यो सिजनमा भाग १ र २ छन्। यो कार्टुनको लोकप्रियताका कारण अन्तिम एपिसोड दोह्राएर प्रसाारित गरिएको थियो।

दोस्रो सिजन

दोस्रो सिजनमा १३ एपिसोड छन्। यो सिजनमा बोबोब्वायको जीवनमा नयाँ अध्याय सुरु हुन्छ। ऊ पुलाउ रिंटिसबाट उसको हजुरबुबा टोक अबा, गोपाल योङ र यायासँग रेउनाइट फर्किन्छन्। यो सिजनमा बोबोब्वाय र उसको साथीको जीवन पुलाउ रिंटिस स्कुलमा केन्द्रित भएको देखाइएको छ। अब बोबोब्वायको जीवनमा उसको नयाँ च्यालेन्जर फाङसँग सामना हुन्छ।

तेस्रो सिजन

यो सिजनमा २६ एपिसोड छन्। यो सिजनमा बोबोब्वायले इजो जोलाई पराजित गर्छ। अडु डु उसको साथी हुन्छ। तर, अडु डु आफ्नी आमाको कारणले फेरि नराम्रो काममा लाग्छ। बोबोब्वायले नयाँ ‘फायर एन्ड वाटर इलिमेन्ट पावर’ प्राप्त गर्छ।

भाइबहिनी हो बोबोब्वाय कार्टुनका पात्रहरूको बारेमा पनि जानौं है ! बोबोब्वायः ऊ यो कार्टुनको मुख्य पात्र हो। ऊ छुट्टीमा हजुरबुवा टोक अबाको मद्दत गर्न रिंटिस आइसल्यान्ड जान्छ। उसले ग्रहहरूमा तŒव हेरफेर गर्न सक्ने शक्तियुक्त घडी प्राप्त गर्छ। उक्त उपकरणले ग्रहहरूमा तत्त्व नियन्त्रण गर्छ।

हेना : उनी बोबोब्वायकी छिमेकी हुन्। उनले कुकिज बनाउन मन पराउँछिन्। तर उनले बनाएको कुकिजको स्वाद नमीठो हुन्छ। तर, सबैले खान्छन्। उनले गुरुत्वाकर्षण हेरफेर गर्ने शक्ति भएको घडी प्राप्त गर्छिन।

यिङ : उनी लजालु स्वभावकी छन्। उनीसँग समय हेरफेर गर्न मिल्ने शक्तियुक्त घडी हुन्छ। उक्त घडीले समय छिटो वा ढिलो गराउन मद्दत गर्छ।

गोपाल : ऊ बोबोब्वायको मिल्ने साथी हो। उसले बोबोब्वायलाई सधैं साथ दिन्छ। उसँग आणविक हेरफेर गर्न सकिने घडी हुन्छ। उक्त उपकरण प्रयोग गरेर उसको कल्पनामा भएका कुनै पनि वस्तु दोस्रो वस्तुमा परिवर्तन हुन सक्छन्।

अडु डु ट्ठ ऊ हुकुम चलाउन चाहने एलिएन हो। ऊ आता ती तिगा समुदायको सबैभन्दा गरिब परिवारमा जन्मेको हो। ऊ पृथ्वीमा कोकाबारेमा पत्ता लगाउन आएको थियो। यी बाहेक उक्त कार्टुनमा टोक अवा, ओचोबट, पापा जोला, फाङ आदि पात्रहरू रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.