खतरनाक कम्प्युटर भाइरस

खतरनाक कम्प्युटर भाइरस

हामी अहिले २१औं शताब्दीमा छौं। यसलाई आधुनिक युग पनि भनिन्छ। यो युगको विशेष उपहार ‘कम्प्युटर’ हो। कम्प्युटरबिना संसार अधुरो जस्तै हुन्छ। त्यसैले आजभोलि हरेक क्षेत्रमा यसको प्रयोग अनिवार्य जस्तै भइसकेको छ।

हामीले गर्न नसकेको काम कम्प्युटरबाट एकदमै छिटो गर्न सक्छौं। यसबाट हामीले संसारभरिको गतिविधि एकैछिनमा हेर्न र थाहा पाउन सक्छौं। सबै काम यसैबाट हुन थालेको छ। यसलाई स्कुलमा पनि सानै कक्षादेखि पढाउन थालिएको छ। कुनैकुनै स्कुलमा अनिवार्य विषयका रूपमा पनि पढाइन्छ।

भाइबहिनी हो, तिमीहरूले पनि कम्प्युटरको बारेमा पढेका छौ होला। कोही त चलाउनमा सिपालु पनि होलाउ। तर, तिमीहरूलाई एउटा कुरा थाहा छ ? मान्छेलाई विभिन्न रोग लगाउने भाइरस भए जस्तै कम्प्युटर बिगार्नका लागि पनि विभिन्न किसिमका भाइरसहरू हुन्छन्। ती भाइरसहरूले हाम्रो नयाँ कम्प्युटरलाई पनि छिनभर मै ड्यामेज गरिदिन सक्छन्।

कम्प्युटर पढ्ने भाइबहिनीले कम्प्युटर भाइरसको बारेमा सुनेका पनि छौं होला। यदि भाइरस कम्प्युटरमा पस्यो भने त्यसले सिस्टम नै क्र्यास हुन सक्छ। त्यसैले हामीले आफ्नो कम्प्युटरमा त्यस्ता भाइरस आउन नदिन त्यसबारे थाहा पाउनु जरुरी छ। विभिन्न प्रकारका कम्प्युटर भाइरसका बारेमा यहाँ जानकारी गराइएको छ।

मेलिसा

मेलिसा एउटा कम्प्युटर भाइरस हो। यो इमेलसँगै आउने गर्छ। यो मेल बक्समा रहेको हुन्छ। यसले ती मेल प्रयोगकर्तालाई भाइरसले म्यासेज पठाउँछ। यो म्यासेजपछि यसले नेटवर्कमा आक्रमण गर्छ। यसको नाम फ्लोरिडा सहरकी एक डान्सरको नामबाट राखिएको हो।

माई ड्रम

यो भाइरस सन् २००४ मा पत्ता लागेको हो। यो पनि इमेलमार्फत नै फैलन्छ। यो खासगरी ‘मेल ट्रान्जेक्सन फेल्ड’ जस्ता विषयसँग आउने गर्छ। यो भाइरस पनि कम्प्युटरमा भएका फाइललाई ड्यामेज गर्ने एकदमै खतरनाक भाइरस हो। यो मेल एडे«स बुकमा ट्रान्सफर भएर सबै डाटा क्र्यास गरिदिन्छ।

स्टोर्म वार्म

कम्प्युटरका विभिन्न भाइरसमध्येको यो एउटा भाइरस हो। यो भाइरस सन् २००६ मा देखा परेको हो। त्यसपछि यसले समस्या निम्त्याइरहेको छ। यसले कुनै अञ्जान लिंकमार्फत आक्रमण गर्छ। यो भाइरस मेलमा आउने विभिन्न लिंकमा क्लिक हुने बित्तिकै डिभाइसमा इन्स्टल हुन्छ। यसले गर्दा ह्याकरलाई स्पाम पठाउने मौका मिल्छ।

कन्फिकर भाइरस

सन् २००९ मा देखिएको यो भाइरसले सोसल नेटवर्किङ्ग साइटलाई निसाना बनाएको छ। यसले विन्डोज अपरेटिङ सिस्टममा चल्नेवाला सिस्टमलाई असर गर्छ। यो भाइरसको प्रयोग फाइनान्सियल डाटा र सूचना चोर्नका लागि प्रयोग गरिन्छ।

बिस्ट ट्रोजन हर्स

बिस्ट ट्रोजन हर्सलाई एकदमै खतरनाक भाइरस मानिन्छ। यसले केही सेकेन्डमै कपी भएर हजारौं फाइल बनाउँछ। अनि कम्प्युटरसँग जोडिएको सम्पूर्ण सिस्टम जस्तै ः वेबक्याम, प्रिन्टर, माउस आदिलाई पनि कन्ट्रोल गरिदिन्छ।

भाइबहिनी हो, माथि जानकारी गराइएका ती भाइरसहरूले हाम्रो कम्प्युटरलाई खराब गर्ने हुनाले यस्ता भाइरस आउन नदिन हामीले समयमै एन्टिभाइरसको प्रयोग गर्नुपर्छ र आफ्नो डाटा क्र्यास हुनबाट जोगाउनुपर्छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.