१ लाख घुससहित जनस्वास्थ्य अधिकृत पक्राउ
काठमाडौं : राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत(सातौं तह) राम अवतार गुप्ता १ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार अनुसन्धान आयाेगकाे टोलीले उनलाई पक्राउ गरेकाे हाे।
सेवाग्राहीसँग जनचेतनामुलक सामग्रिहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिएर कमिशन वापत घुस लिइरहेको अवस्थामा टाेलीले उनलाई पक्राउ गरेको हो। बबरमहलस्थित वन विभागको परिसबाट उनलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेकाे छ।