हिरासतबाट फरार अभियुक्त आठ दिनपछि समातिए

हिरासतबाट फरार अभियुक्त आठ दिनपछि समातिए

सिमरा : बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। गत साउन ७ गते खाना खुवाउन थुनुवा कोठाबाट बाहिर निकाल्ने क्रममा फरार भएका भारत मोतीहारी लिपनीका ४ बेलवाका १९ वर्षीय फिरोज मियालाई ८ दिनपछि गौर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 

मिया फरार भएपछि प्रहरीले उनको खोजी नेपाल र भारतको विभिन्न स्थानमा गरिरहेको थियो।गौर बजारमा हिँडिरहेको अवस्थामा मियालाई जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए। 

यसअघि साउन ३ गते प्रदेश-२ का सभामुख सरोज यादवको पकेटबाट ५० हजार नगद चोरी गर्दै भाग्ने क्रममा स्थानीयले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। सिम्रौनगढस्थित हाट बजार गएका बेला मियाले सभामुख यादवको पकेटबाट रकम चोरी गरेका थिए। 

प्रहरीले चोरी मुद्धामा कारवाही प्रक्रिया अघि बढाइरहेका बेला मिया प्रहरी कार्यालयको पर्खाल नाघेर फरार भएका थिए। प्रहरी लापरवाहीका कारण हिरासतमा रहेका व्यक्ति फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई सोही दिन निलम्बन गरेको थियो । 
प्रहरी प्रवक्ता राठौरले मियालाई चोरी मुद्धासँगै हिरासतबाट फरार भएको अभियोगमा समेत कारवाही प्रक्रिया अघि बढाउने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.