नेपाल फोटोग्राफी प्याराडाइज

नेपाल फोटोग्राफी प्याराडाइज

बेइजिङ : नेपाल र चीनबीच प्राग ऐताहासिक कालदेखि रहेको मित्रवत्सम्बन्ध पछिल्लो समय अन्तरक्रियात्मक बन्दै गएको छ। नेपाल र चीनबीच सन् १९५५ अगस्त १ मा कूटनीतिकसम्बन्ध स्थापना भएको हो।

यो ऐतिहासिक दिनको स्मरण गर्दै बेइजिङस्थित चीनका लागि नेपाली दूतावास तथा चीन अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान केन्द्रले बिहीबार बेइजिङमा कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा नेपाली फोटो तथा चित्र प्रदर्शन एवं सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको थियो।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले यसवर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरेको स्मरण गर्दै विशाल चिनियाँ परियोजना बीआरआईमा नेपाल आबद्ध भएपछि नेपाल चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। ‘बीआरआईमा नेपालको सहभागितापश्चात् राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति आदानप्रदानले तीव्रता पाएको छ ’, राजदुत पौड्यालले भने, ‘नेपाल र चीनबीच बढ्दो सम्बन्धको फलस्वरुप चीन नेपालको सबभन्दा ठूलो वैदेशिक लगानीको स्रोत, दोस्रो ठूलो पर्यटन स्रोत, दोस्रो ठूलो व्यापार साझेदार र अग्रणी विकास साझेदार बन्न पुगेको छ । वैदेशिक लगानी र चिनियाँ पर्यटकको नेपाल आगमन उच्च गतिमा बढिरहेको छ ।’

पाँचौं शताब्दीमा बुद्धभद्र चीन आएको प्रसंग जोड्दै नेपाल र चीनबीचको सामाजिक, सांस्कृतिक, धार्मिक एवं व्यापारिक सम्बन्ध हजारौं वर्ष पुरानो भएको उनले स्मरण गरे। पछिल्लो समय राजनैतिक उच्चस्तरीय नेता, सरकारी कर्मचारीदेखि व्यापारी, विद्धान, विद्यार्थी चीन आउने क्रम बढेको पनि उनले बताए। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले चीनलाई सधैं आत्मीय मित्र, असल छिमेकी, भरपर्दो साझेदार र दुःखसुखको साथीको रुपमा लिएको बताए।

कार्यक्रममा चीन अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान केन्द्रका अध्यक्ष चो चोङयीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६४ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। नेपाल चीन नदीनाला तथा हिमाल पहाडले जोडेको भन्दै नेपाल बीआरआई आबद्ध भएपछि जनस्तरमा सम्बन्ध बलियो भएको तर्क पनि गरे।

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य, केन्द्रका महासचिव वाङ स्वेचुनका साथै चिनियाँ कलाकारले दुई देशको सम्बन्ध र विकासका बारेमा प्रकाश पारेका थिए। ‘म नेपाल धेरै पटक गइसकेको छु। सन् २००८ पछि तीस पटक नेपाल गइसकेको छु’, फोटो पत्रकार सू स्वेले भने, ‘नेपाल फोटोग्राफीका लागि प्याराडाइज हो। म नेपाललाई फोटोग्राफी प्याराडाइज भन्न रुचाउँछु।’

नेपाल र चीनसम्बन्ध बारे चित्रसहितको ‘ए ल्याण्ड अफ गड्स’ पुस्तक प्रकाशनको तयारीमा रहेको पनि उनले जानकारी दिए। कार्यक्रममा नेपाल भ्रमणका क्रममा चिनियाँ फोटोग्राफरले खिचेका तथा नेपाली र चिनियाँ कलाकारले बनाएका ६० वटा फोटो तथा चित्र समेत प्रदर्शन गरिएको थियो। चित्र र फोटोमार्फत् नेपालको प्राकृतिक तथा दैनिक जीवन झल्किने दृश्यले आगन्तुकको मन जितेको थियो। केन्द्रमा उक्त प्रदर्शनी एक सातासम्म रहने छ।

कार्यक्रममा दक्षिण एसियालगायत विभिन्न देशका राजदूतका साथै नेपालका लागि पूर्वचिनियाँ राजदूत, कूटनीतिक नियोगका पदाधिकारी, चिनियाँ व्यापारी तथा नेपालका शुभेच्छुक चिनियाँ र चीन बस्दैआएका नेपालीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली विद्यार्थी तथा चिनियाँ कलाकारले संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.