नगरपालिकाको प्राथमिकतामा कृषि क्षेत्र

नगरपालिकाको प्राथमिकतामा कृषि क्षेत्र

गोदावरी नगरपालिकामा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकेपछि धेरैको ध्यान उक्त क्षेत्रमा केन्द्रीत भएको छ। गोदावरी नगरपालिका अर्थात सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दु अत्तरियामा विकासका कार्यक्रम कसरी अगाडि बढेका छन् भन्ने जनचासोको विषय बन्ने गर्छ। नगरवासीलेसमेत विकास निर्माणको कामका बारेमा चासो दिने गरेका छन्। नगरपालिकाले गर्दै आएको विकास निर्माणको काम लगायतका विषयमा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदसँग अन्नपूर्णकर्मी कैलाश जोशीले गरेको कुराकानी :

गोदावरी नगरपालिकाको विकास कसरी अगाडि बढिरहेको छ?

विगत दुई बर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्दैं आएको छौं। विकास तत्कालै हुने होइन्। यसको पनि प्रक्रियागत हिसाबले हुन्छ। यो क्रमिक रुपमा भइरहने प्रक्रिया पनि हो। विकासका विषयगत कुरा गर्दा कृषि देखि सडक निर्माण स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा जोड दिएको छ। यस क्रममा विभिन्न ठाउँमा पुल पुलेसाको निर्माणका लागि डीपीआर तयार गरिएको छ। धार्मिक तथा पर्यटकीय स्थललाई पनि विकासमा अगाडि बढाएका छौं। यसका यसै कार्यकालमा जनतालाई महशुस हुने गरी विकासका गतिविधि अगाडि बढाएको छ। गोदावरीमा विगत २० बर्षमा नभएको काम अहिले सम्पन्न गरेको छौँ। खेलकुद, नदीमा तटबन्ध अगाडि बढाएको छ।

गोदावरी नगरपालिका क्षेत्रमा जनताले महशुस गर्ने हिसाबले के कस्ता काम भएका छन्?

७० देखि ९० ठाउँमा कल्र्भट निर्माण गरिएका छन्। बिजुली विस्तार, कालोपत्रे, ग्राभेल, सिँचाइका टियुवेल लगायतका कार्यक्रम तिब्रताका साथ अगाडि बढाएको छ। ४ र १४ नम्बर वडालाई प्राथमिकता पर्ने गरी खानेपानीका योजना सुरु गरेका छौं। यसका साथै यस नगरमा भएको धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढेका छौं

लामेतालको गुरुयोजना कहाँ सम्म पुग्यो?

लामेतालको गुरुयोजनाका लागि भोगाअधिकारमा रोकिएको छ। पहिले त भोगाअधिकार गर्ने कार्य अगाडि बढेको छ। नगरपालिकाले आफ्नो मातहतमा आएपछि मात्र विकास कार्यक्रम अगाडि बढ्ने छन्। प्रदेशले वन सम्बन्धित कानुन नबनाई सकेको हुनाले समस्या आएको छ। यो समस्या गोदावरीको मात्र नभएर देशैभरको समस्या हो। तर हामी प्रदेश र केन्द्रमा भोगाअधिकार नीति छिटोभन्दा छोटो गरी दिन आग्रह गरिरहेका छौं।

नयाँ आर्थिक वर्ष सुरु भएको छ। सबै वडामा समानुपातिक तरिकाले बजेट विनियोजन भएको की भएन?

नगरका लागि सबै वडा महत्वपूर्ण हुन्। कसैलाई काँखा कसैलाई पाखा गर्ने कुरा भएन्। सबै १२ वडामा सन्तुलित तरिकाले बजेट विनियोज गरेका छौं। किन भने सबै वडामा ८० लाखका दरले बजेट विनियोजन गरेको हो। यो वर्ष हरेक वडामा लगभग ३ किलोमिटर कालोपत्रे गर्ने नीति लिएको छ। हरेक वडालाई विकाससँग जोड्न अभियान नगरपालिको अघि सारेको छ।

नगरको मुख्य प्राथमिकतामा परेको क्षेत्र के हो?

अहिलेको पहिलो प्राथमिकता कृषि नै हो। वेरोजगार समस्या समाधान गर्नका लागि कृषिले मात्र पुरा गर्ने छ। कृषिलाई बुझ्न नसक्दा फलफूल माछा, मासु अण्डा जस्ता कुरा वाहिर बाट ल्याउन परेको छ। यसलाई रोक्ने प्रयासमा नगरपालिका लागि परेको छ। र अर्को कुरा कृषिलाई प्राथमिकता दिएको हुनाले कृषिलाई पकेट क्षेत्र बनाउनका लागि १२ महिना हरियाली बनाउन एक समूहलाई जिम्मा दिने गरी अगाडि बढेका छौं।

नेतृत्व समाल्न कतिको चुनौती छ?

नेतृत्वको कुरा गर्दा यसलाई ठूलो विषय मान्दैन। हरेक कुरामा चुनौती छन्। अप्ठ्यारा समस्या आइपर्छन्। मान्छेका आ–आफ्ना विचार धारणा हुन्छन्। कसैले केही कुरा भन्दैमा पछाडि हट्ने कुरा भएन्। इमान्दारी तरिकाले अगाडि बढ्ने हो।

दुई वर्षमा कस्ता कस्ता समस्या भोग्नुपर्‍याे?

काम गर्दै जाँदा समस्या आइपर्छन्। दुई वर्षमा काम गर्ने सिलसिलामा कानुनी अड्चन नै मुख्य चुनौती देखा परे। त्यसका वावजुद पनि धेरै विकास देखि कार्यालय व्यवस्थापनको पाटो अगाडि बढाएका छौं। कानुनी पाटो बाट उन्मुक्ति पाउन वा न्यूनीकरण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सबै लाग्नुपर्दछ।

गोदावरी नगर प्रदेशको स्थायी राजधानी तोकेको छ। यस बारेमा के भन्नुहुन्छ?

गोदावरी राजधानी तोक्नु आफैमा गौरवको विषय हो। यहाँका जनताका लागि अवसर पनि हो। गोदावरी भित्र प्रदेश राजधानी नहुनेमा शंकै छैन। राजधानीका लागि नाप नक्सांकन सुरु भएको छ। अहिलेको प्रदेश सरकारको बजेटमा राजधानीको लागि केही बजेटसमेत छुट्टाइसकेको छ। यसको प्रक्रिया तत्काल अगाडि बढाउन समस्या होला। राजधानी र वन जोडिएकाले तत्काल समस्या देखिनु स्वभावीक नै मान्नुर्पछ।

अत्तरियाका व्यवसायीको समस्यामा नगरले वेवास्ता गरेको हो?

गोदावरी नगरपालिकाले पारदर्शी र सबैको समस्या समट्ने प्रयास गरेको हो। सबैका विचार समट्न कटिबद्ध रुपमा लागेको छ। व्यवसायीलाई वाइपास गरेर योजना ल्याउने नगरको उद्देश्य छैन। कर देखि राजस्वका बारेमा सबै व्यवसायीहरुसँग विचार विर्मस गरेका छौं। उहाँहरुको उपस्थितलाई जहिले पनि प्राथमिकतामा राखिएको छ। नगरको विकासका लागि कुनै पनि निकायलाई पछाडि राख्ने पक्षमा हामी छैनौं र रहने पनि छैन। यहाँको विकास कुनै एक व्यक्तिले गर्ने होइन् सबैको साथ सहयोगले मात्र सम्भव भएकाले नगरवासी सबैको साथ सहयोग आवश्यक पर्दछ।

विकास निर्माणका काम गर्ने क्रममा राजनीतिको उच्च नेतृत्वबाट के कस्तो दबाव आउने गर्छ?

विकासका चरणमा उच्चतहका नेता भन्दा पनि स्थानीय सरकार आफैमा स्वयात्त भएकाले आफ्नो तरिकाले बगाडि बढेका छौं। यद्यपी विकासको क्रममा सुझाव सल्लाह लिने कुरा फरक पाटो होला। नगरका आफ्नो योजना छन्। आफ्नो शैली छ। त्यसैले कसैले आफ्नो स्वार्थका लागि यस्तो गर भनेमा त्यो बाटोमा कदापी जादैनौं।

नगरका भावी योजना के छन?

गोदावरी नगरपालिका प्रदेशको एक प्रमुख केन्द्र हो। यसको विकास र वातावरण अनुकल हुने गरी अगाडि बढेका छौं। नगरको भावी योजनामा कालोपत्र, सडक पुल पुलेसा, कल्र्भट, खानेपानी, सिँचाइ पर्दछन् साथै कृषि पकेट कार्यक्रम, वातावरण संरक्षण र तटबन्ध निर्माण गर्ने कार्य मुख्य योजना रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.