साउन १ देखि लागू नयाँ तलबमान यस्तो छ
![साउन १ देखि लागू नयाँ तलबमान यस्तो छ](https://annapurnapost.prixacdn.net/media/albums/Ministry-for-Finance_20190728025403_kJhWVL0laF.jpg)
काठमाडौं : अर्थ मन्त्रालयले निजामति सेवा, सेना, प्रहरी, सशस्त्र, शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीको नयाँ तलबमान तयार गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान तयार गरी सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई पत्राचार गरिएको छ।
२०५७ साउन १ भन्दा अघिका प्राविधिक पदमा नियुक्त भई प्राविधिक वा सो सरह तलब भत्ता खाइपाइ आएका कर्मचारीलाई ०५७ सालको विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेडबापत गत आर्थिक वर्षको असारसम्म नयाँ तलबमानअनुसार भुक्तानी दिने अर्थ मन्त्रालयले जानकारी दिएको छ।
मुख्य सचिवको तलब ६९ हजार चार सय ८२ रुपैयाँ पुगेको छ। सचिवको तलब ५० हजार ६ सय रुपैयाँ तोकिएको छ। राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका लागि ५८ हजार चार सय ३३ रुपैयाँदेखि ४५ हजार पाँच सय ९० रुपैयाँसम्मको व्यवस्था छ।
राजपत्र अनंकित कर्मचारीको तलब २४ हजार आठ सय ८ सय १४ रुपैयाँदेखि ३० हजार ८ सय २० रुपैयाँ पुगेको छ। यस्तै हेभी सवारीचालकको तलब २५ हजार चार सय ४० रुपैयाँदेखि ३८ हजार ६ सय ९२ रुपैयाँ कायम भएको छ। हलुका सवारी चालकको तलब २३ हजार चार सय ७८ रुपैयाँदेखि ३६ हजार ९ सय ६८ रुपैयाँ कायम भएको अर्थमन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)