अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन्। पोखरा भ्रमण वर्षको उद्‍घाटन कार्यक्रममा बेलुक उडाउन क्रममा पड्किदा अर्थमन्त्री पौडेल घाइते भएका थिए।

उनलाई तत्कालै पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहनुसार उनलाई काठमाडौं ल्याइएको थियो।आगोका कारण अर्थमन्त्रीको स्वास्थ्यमा केही असर परेको उनको सचिवालयले जानकारी दिएको छ।

'पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ। गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि उहाँलाई कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ,' उनको सचिवालयले भनेको छ।

त्यस्तै पखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन्। उनलाई पनि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएको छ। उनको अनुहार जलेको पोखराका सहायक सिडिओ शिव लम्सालले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.