एक वर्षमा साढे ६ लाख यात्रुलाई निगमको सेवा

एक वर्षमा साढे ६ लाख यात्रुलाई निगमको सेवा

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष २०७५/७६ मा साढे ६ लाख यात्रुलाई हवाई सेवा दिएको छ। निगमले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निगमले गराएको जानकारीमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रस्तुत गरेको उक्त विवरणमा निगमले एक वर्षमा दिएको यात्रु सेवाको वृद्धिदर ३२ प्रतिशतभन्दा बढी रहेको उल्लेख छ। निगमले अघिल्लो वर्ष चार लाख ९१ हजार यात्रुलाई सेवा दिएको थियो। निगमका अनुसार निगमको यात्रु क्षमतासँगै सिट उपभोग पनि बढेको छ।

निगमले गत वर्ष ८६ प्रतिशत सिट क्षमतामा उपयोग गरेको पनि उल्लेख छ। निगमले यात्रु क्षमता र सिट क्षमतामा गरेको प्रगतिका कारण वार्षिक रूपमा नाफा गरेको देखिने भए पनि अपेक्षा अनुसारको लाभ गर्न नसक्दा यसले किस्ता तिर्न भने नसकेको उल्लेख छ।

निगमको उक्त कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले निगमलाई पूर्ण क्षमतामा उपभोग गराउने, कर्मचारीको दक्षता बढाउने तथा नाफामा लैजाने गरी काम गराउने बताए। मन्त्री भट्टराईका अनुसार निमगले नाफामा जाने ठोस प्रस्ताव ल्याए आवश्यक सहयोग सरकारले गर्नेछ।

निगमले मागको पुँजी वृद्धिका विषयमा पनि मन्त्री सकारात्मक देखिएका छन्। मन्त्री भट्टराईले विगतमा दुर्गम क्षेत्रमा गरेको निगमको सेवालाई स्मरण गराउँदै पुनः यसलाई सञ्चालन गर्ने विश्वास व्यक्त गरे।

मन्त्री भट्टराईले एक वर्षभित्रै निजगढ विमानस्थलको शिलान्यास गर्ने गरी तयारी गर्ने बताए। निगमले सेवाको स्तर वृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरेको अवस्थामा यसलाई आवश्यक पुँजी र ऋणबीच सन्तुलन मिलाउन सकिने उल्लेख छ। निगमलाई २० अर्ब रुपैयाँको आवश्यकता परेकाले यो रकम दिन आवश्यक नाफामूलक योजना आवश्यक भएको मन्त्रीले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.