नयाँ बसपार्क प्रकरण : पूरक सम्झौताविरुद्ध सर्वोच्चमा रिट

नयाँ बसपार्क प्रकरण : पूरक सम्झौताविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच मिलेमतोमा भएको पूरक सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनका लागि मूल सम्झौताविपरीत पूरक सम्झौता भएको सार्वजनिक भएपछि सार्वजनिक यातायात महासंघले आइतबार रिट दायर गरेको हो।

रिटमा जाइकाले तत्कालीन समयमा निर्माण गरेको बसपार्क जुन अवस्थामा महानगरपालिकालाई हस्तान्तरण गरेको थियो, त्यही अवस्थामा फिर्ता गर्नुपर्ने माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारी, ल्होत्सेका सञ्चालक र महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङको मिलेमतोमा नयाँ बसपार्कमा अर्बैाँ रुपैयाँ आम्दानी हुने गरी गैरकानुनी रूपमा व्यापारिक संरचना निर्माणका लागि पूरक सम्झौता गरिएको समाचार अन्नपूर्णले सोमबार प्रकाशित गरेको थियो।

बसपार्कलाई पूर्ववत् अवस्थामै फर्काउन रिट हालिएको महासंघका उपत्यका सहसंयोजक भगवान गिरीले बताए। ‘महानगरपालिकाको स्वामित्वमा बसपार्कका लागि छुट्टयाइएको जग्गा नआएको र मन्त्रिपरिषद्ले समेत हालसम्म निर्णय गरी भोगचलनको अधिकार महानगरपालिकालाई उपलब्ध गराएको छैन,’ गिरीले भने, ‘यस्तो अवस्थामा महानगरपालिकाले आफ्नो क्षेत्राधिकार मिचेर रकम लेनदेनका आधारमा गैरकानुनी रुपमा ल्होत्सेलाई व्यापारिक पूर्वाधार निर्माण गर्न अधिकार दिएको छ।’

महासंघले बसपार्कका लागि छुट्ट्याइएको एक सय ६५ रोपनी जग्गामध्ये ६० रोपनी जग्गामा मात्रै मूल गुरुयोजनाअनुसार बसपार्क निर्माण भएका छन्। बाँकी एक सय पाँच रोपनी जग्गा अतिक्रमण गरी ल्होत्सेले आफूखुसी व्यापारिक पूर्वाधार निर्माण गरेको महासंघले रिट दायरमा उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.