इङ्ल्यान्डमाथि अष्ट्रेलियाको फराकिलो जित
![इङ्ल्यान्डमाथि अष्ट्रेलियाको फराकिलो जित](https://annapurnapost.prixacdn.net/media/albums/AUSTRALIA-test-cricket_20190806033210_se0DUw2yAT.jpg)
लन्डन : एशेज सिरिज अन्तर्गत पहिलो टेस्टमा अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप विजेता इङ्ल्यान्डलाई दुई सय ५१ रनको भारी अन्तरले हराएको छ। जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ। तीन सय ९८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्ड ५२.३ ओभरमा १एक सय ४६ रनमा समेटिएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा क्रिस वक्सले पाँचौ तथा अन्तिम दिन बनाएको ३७ रन
इङ्ल्यान्डका लागि सर्वाधिक ठूलो स्कोर रह्यो। जासन रोय र जोय रुटले समान २८ रन बनाएका थिए। अष्ट्रेलियाका नाथल लियोनले ६ विकेट लिदै इङ्ल्यान्डको पाली ध्वस्त बनाएका थिए। अष्ट्रेलियाका पट कमिन्सले चार विकेट लिए। पहिलो पालीमा अष्ट्रेलिया दुई सय ८४ मा अलआउट भएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले तीन सय ७४ रन बनाउन सबै विकेट गुमाएको थियो। दोस्रो पालीमा अष्ट्रेलियाका लागि स्टेभ स्मिथ र म्याथ्यु वेडले शतकीय रन बनाउँदै विशाल लक्ष्य खडा गरेका थिए। वेडको शतकपछि अष्ट्रेलियाले सात विकेट गुमाएर चार सय ८७ रन बनाउँदै इनिङ अन्त्य भएको घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)