पत्रकार पुडासैनीले गरे चितवन पुगेर आत्महत्या

पत्रकार पुडासैनीले गरे चितवन पुगेर आत्महत्या

चितवन : नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेका छन् । नारायणगढको पोखरा बसपार्क स्थित होटल कङ्गारुमा पुडासैनी पंखामा झुन्डिएको अवस्थामा परेका छन् । उनी सोमबार दिउँसो चितवन आएर उक्त होटलमा बसेका थिए ।होटलका कर्मचारीले साँझ खाना खान बोलाउन जाँदा नउठेपछि प्रहरीलाई खबर गरेका थिए।

 प्रहरीले ढोका फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । प्रहरीले घटस्थलको मुचुल्का उठाएर अनुसन्धान थालेको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको र वास्तविक तथ्य अनुसन्धानपछि खुल्ने डीएसपी कोइरालाले बताए। 

होटल कर्मचारीका अनुसार पुडासैनी सोमबार साढे ३ बजे होटल पुगेका थिए । त्यसपछि उनी दुई पटक होटलबाट बाहिर गएर होटल फर्किएका थिए। नुवाकोट कुमारी घर भएका पुडासैनी काठमाडौंमा रहेर माउण्टेन टेलिभिजनमा काम गर्थे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.