हिन्दुका पक्षमा बोल्नु मेरो बाध्यता हो : शशांक कोइराला

हिन्दुका पक्षमा बोल्नु मेरो बाध्यता हो : शशांक कोइराला

दमौली : कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका पक्षमा बोल्नु आफ्नो बाध्यता भएको बताएका छन्। तनहुँमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन्। विगतमा हिन्दु राज्यका पक्षमा अभिव्यक्ति दिएपछि पार्टीभित्रै आलोचित कोइरालाले त्यो आफ्नो बाध्यता भएको बताएका हुन्।  ‘हिन्दु धर्मका पक्षमा बोल्नु मेरो बाध्यता थियो,’ उनले भने,‘कांग्रेस धार्मिक स्वतन्त्रताकै पक्षमा छ।’

तनहुँमा देखिएको समानान्तर समितिको विवादका विषयमा कार्यकर्ताले सोधेका प्रश्नको जवाफ दिँदै कोइरालाले समस्या समाधान गर्ने बताए। ‘तपाईंहरुले केन्द्रबाट अपेक्षा गर्नुभएको होला’, उनले भने, ‘केन्द्रले यसको समाधान गर्ने प्रयास गर्नेछ।’ 

तनहुँमा पार्टी पूर्वसह महामन्त्री गोविन्दराज जोशी पक्षधरले समानान्तर पार्टी कार्यालय खोलेर गतिविधि सञ्चालन गरिरहेको छ। तर केन्द्रले हालसम्म समानान्तर समितिलाई कारवाही वा हस्तक्षेप गरिसकेको छैन।

सर्वमान्य नेतृत्व चाहिन्छ
कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।  उनले सबैका लागि मान्य नेतृत्व आवश्यक रहेको बताए।

‘अब कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ,’ तनहुँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘सबैलाई मान्य हुने अनि गुट र उपगुट हटाउने नेतृत्व कांग्रेसलाई चाहिएको छ।’
उनले गुट र उपगुट समाप्त पार्ने नेतृत्व पाए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए। ‘गुट र उप गुट हटाउन सकिए कांग्रेसलाई जोसुकै मिले पनि कसैले हराउन सक्दैन,’ उनले भने। कोइरालाले अहिले कांग्रेसलाई कांग्रेसले नै हराउने काम गरेको बताए। ‘कांग्रेस नै एक आपसमा नमिल्दा हार भएको हो,’ उनले भने।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.