बलिउडका साथीजस्ता दिदीबहिनी

बलिउडका साथीजस्ता दिदीबहिनी

बलिउडमा यस्ता थुप्रै दिदीबहिनीका जोडी छन्, जो साथीजस्ता छन्। उनीहरू ‘सेयरिङ इज केयरिङ’ मा विश्वास गर्छन्। एकअर्काका लुगादेखि समस्यासम्म सेयर गर्छन्। 

करिश्मा–करिना

अभिनेत्री करिश्मा कपुर र करिना कपुर दिदीबहिनी मात्र होइनन्, बेस्ट फ्रेन्ड पनि हुन्। करिश्मा बहिनी करिनालाई धेरै सपोर्ट गर्छिन्। करिनाले पनि दिदीलाई त्यस्तै माया गर्छिन्। दुवैलाई प्रायः सँगै बिदा मनाउँदै गरेको देखिन्छ। स्टाइलका मामिलामा पनि दुवै दिदीबहिनी कन्सस छन्। उनीहरूको फेसन सेन्सको बलिउडमा चर्चा हुने गरेको छ। दुवै दिदीबहिनीले बेलामौकामा एकअर्काेका लुगा लगाउने गरेका छन्।

गत वर्ष उनीहरूको तस्बिर भाइरल भएको थियो। जसमा करिश्मा र करिना एउटै किसिमको रंगिन स्कर्टमा देखिन्थे। त्यही स्कर्ट केही समयअघि करिनाले सेतो टप्ससँग लगाएकी थिइन् भने करिश्माले पछि कालो टप्ससँग लगाएकी थिइन्। त्यसअघि पनि करिश्मा बहिनी करिनाको कालो रङको कुर्तासुरुवालमा देखिएकी थिइन्। जो करिनाले एक फिल्मसम्बन्धी कार्यक्रममा लगाएकी थिइन्।


दीपिका–अनीशा

अभिनेत्री दीपिका पादुकोण र उनकी बहिनी अनीशा पादुकोणबीच पनि राम्रो बन्डिङ छ। अनीशा गल्फ खेलाडी हुन्। दीपिका बलिउडकी स्टाइलिस अभिनेत्री हुन्। उनले धेरै पटक आफ्ना लुगा दोहोर्‍याएर लगाएकी छिन्। त्यस्तै, उनले बहिनीसँग आफ्ना पहिरन सेयर गर्ने गरेकी छिन्। एउटा रेड कार्पेट कार्यक्रममा अनीशा सुन्तला रङको अफसोल्डर ड्रेसमा देखिएकी थिइन्। जुन ड्रेस दीपिकाले एक पटक आफ्नो फिल्म प्रमोसनका क्रममा लगाइसकेकी थिइन्।

दुवै दिदीबहिनी सामाजिक सञ्जालमा सक्रिय रहन रुचाउँछन्। एक पटक अनीषाले दिदीलाई जिस्काउँदै इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेकी थिइन्। त्यस पोस्टमा एउटा कुकुरको हाउभाउसँग लेखिएको थियो– ‘माई सिस्टर एट होम, माई सिस्टर इन पब्लिक।’ पोस्टको जबाफ दिँदै दीपिकाले लेखेकी थिइन्– ‘दिनभरिको कडा मेहनतपछि मेरी बहिनीले मलाई यो पठाइन्। लभ यू।’ 

जाह्नवी–खुशी

अभिनेत्री श्रीदेवीका छोरी हुन्, जाह्नवी र खुशी कपुर। जाह्नवीले फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरिसकेकी छिन्। खुशीले पनि बलिउडमा पाइला चाल्ने अनुमान गरिएको छ। दुवै दिदीबहिनीबीच गहिरो लगाव छ। आमा श्रीदेवीको मृत्युपछि उनीहरूको प्रेम झन् गाढा भएको छ। पछिल्लो समय उनीहरू धेरै ठाउँमा सँगसँगै देखिन थालेका छन्। उनीहरूले एकअर्काको लुगादेखि जुत्ताचप्पलसम्म लगाउने गरेका छन्। अभिनेत्री सोनम कपुरको जन्मदिन पार्टीमा खुशी म्याक्सी ड्रेस लगाएर पुगेकी थिइन्। जुन जाह्नवीले अभिनेता शाहिद कपुरको श्रीमती मीरा राजपुतको बेबी सावर कार्यक्रममा लगाएकी थिइन्। 

केही समयअघि अभिनेत्री प्रियंका चोपडाको पहलमा ‘सोसल फर गुड’ कार्यक्रम आयोजना भएको थियो। त्यसमा जाह्नवी पनि सहभागी भएकी थिइन्। कार्यक्रममा उनले बहिनीको लुगा लगाएकी थिइन्। कार्यक्रमपछि लुगा लगाएकोमा बहिनीबाट गाली खानुपरेको कुरा जाह्नवीले सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। इन्स्टाग्राममा ड्रेसका कारण खुशी र आफूबीच भएको च्याटको स्क्रिन सट उनले ‘ह्वेन यू स्टिल योर सिस्टर्स क्लोद’ शीर्षक राखेर पोस्ट गरेकी थिइन्।

मलाइका–अमृता

बलिउडका आइडल दिदीबहिनीहरूको जोडीमा पर्छ, अभिनेत्री मलाइका र अमृता अरोडाको जोडी। उनीहरू प्रायः सँगै देखिन्छन्, पार्टी होस् वा कार्यक्रम। मलाइकाको श्रीमान् अरबाज खानसँग सम्बन्ध विच्छेद हुँदा अमृताले दिदीलाई धेरै सपोर्ट गरेकी थिइन्। त्यसयता उनीहरू झन् सँगसँगै देखिन थालेका छन्। देशविदेशमा बिदा मनाउँदा पनि उनीहरू सँगै देखिन्छन्। उनीहरू ब्रेस्ट फ्रेन्ड हुन्।

अरोडा दिदीबहिनीले पनि एकअर्काका लुगा लगाउने गरेका छन्। एक फिल्मी कार्यक्रममा मलाइकाले सेतो रङको अफसोल्डर मिनी ड्रेस लगाएकी थिइन्। त्यही ड्रेस घुम्न जाँदा अमृताले पनि लगाएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.