सिद्धि गणेश र भक्तपुर डिलाइट फाइनलमा

सिद्धि गणेश र भक्तपुर डिलाइट फाइनलमा

भक्तपुर : सिद्धि गणेश खेलकुद समिति र भक्तपुर डिलाइट फुटबल क्लव भक्तपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन्। 

भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनल खेलमा जीत हात पार्दै सिद्धि गणेश र भक्तपुर डिलाइट उपाधि नजिक पुगेका हुन्।

भक्तपुर नगरपालिका ७ स्थित माहेश्वरी खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिद्धि गणेशले भक्तपुर युथ फुटबल क्लबलाई ३–१ गोलले पन्छाएको हो।

खेलको १७ औं मिनेटमा सुशन श्रेष्ठले गोल गर्दै सिद्धि गणेशलाई अग्रता दिलाए। खेलको ३४ औं मिनेटमा राज श्रेष्ठ र ३९ औं मिनेटमा सुमन गुरुङ गोल गर्दै पहिलो हाफमै सिद्धि गणेशलाई तीन गोलको अग्रता दिलाए।

सिद्धि गणेशका खेलाडीले दबाबमा राखेको भक्तपुर युथ फुटबल क्लवका लागि खेलको अन्तिम पाँच मिनेट बाँकी छँदा विनय मगरले सान्त्वना एक गोल गरे। उक्त स्पर्धामा सिद्धि गणेशका सुदर्शन श्रेष्ठ म्यान अफ दि म्याच भए।

त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा भक्तपुर डिलाइट फुटबल क्लवले वासुकी युवा क्लवलाई ३–० गोलले हराएर उपाधिमा दावेदारी प्रस्तुत गरेको छ।

उक्त स्पर्धामा खेलको २४ औं मिनेटमा विवेक कवांले गोल गर्दै भक्तपुर डिलाइटलाई अग्रता दिलाएका थिए। अत्यन्त प्रतिस्पर्धात्मक उक्त खेलको ३० औं मिनेटमा वासुकीका शेरबहादुर मगरको आत्मघाती गोलबाट भक्तपुर डिलाइटको अग्रता दोब्बर बन्यो।

दोस्रो हाफको ३९ औं मिनेटमा आशिष श्रेष्ठले भक्तपुर डिलाइटको लागि तेस्रो गोल गरेपछि वासुकीका खेलाडीहरु निराश देखिए। जसले गर्दा बाँकी समयमा गोल हुन नसकेपछि भक्तपुर डिलाइटलाई नतिजा सुम्पन वासुकी बाध्य भयो। उक्त स्पर्धामा भक्तपुर डिलाइटका मणि व्यञ्जनकार म्यान अफ द म्याच भए।

भक्तपुरका १० वटा टीम तथा क्लवहरुको सहभागिता रहेको जिल्ला लिगको फाइनल साउन २५ गते शनिबार बिहान हुने आयोजक भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.