४० लाख सेवाग्राही भएकाले सोचेजस्तो सेवा दिन सकेनौँ : मेयर शाक्य

४० लाख सेवाग्राही भएकाले सोचेजस्तो सेवा दिन सकेनौँ : मेयर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठूलो संख्यामा रहेका सेवाग्राहीलाई सोचे अनुसारको सेवा दिन नसकेको स्वीकार गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् । 

‘काठमाडौँ देशको राजधानी हो,’ उनले भने, ‘अहिले काठमाडौँ महानगरपालिकाका सेवाग्राहीको संख्या ४० लाखको हाराहारीमा छ । त्यति मानिसलाई हामीले सेवा दिनु पर्ने बाध्यता छ । त्यसैले हामीले सोचे अनुसारको सेवा दिन सकेका छैनौँ ।’ 

काठमाडौँ महानगरपालिका अन्य स्थानीय सरकार भन्दा फरक रहेको भन्दै उनले यहाँका जनताको अपेक्षा बढी रहेको बताए । मातृभूमि महिला समाजले राजधानीमा गरेको ‘काठमाडौँ महानगरपालिका जनप्रतिनिधि तथा संघीय राज्य व्यवस्था’ नामक पुस्तक विमचोन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

वर्षा सकिएपछि महानगरबासीको अपेक्षा अनुसार नै कामले गति लिने उनको विश्वास छ । ‘वर्षा सकिने बित्तिकै कामले गति लिनेछ’, उनले भने, ‘हामी जनप्रतिनिधि हौँ, त्यसैले हाम्रो ध्यान महानगरवासीको अपेक्षा अनुसार अघि बढ्नुपर्छ । हामी त्यहि अनुसार खटिरहेका छौँ ।’ 

उनले सम्पदा संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै सबै भन्दा बढी ध्यान सम्पदा पूर्ननिर्माणमा केन्द्रित गरेको प्रष्ट पारे । ‘सम्पदाको पुर्ननिर्माण गर्ने, हरियाली प्रर्वद्धन गर्ने कुरालाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने । 

कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशी र मोदनाथ प्रश्रितलाई सम्मान गरिएको थियो । 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.