तत्कालीन एलडीओसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन एलडीओसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी (एलडीओ) पेशलकुमार पोखरेलसमेत  ११ जनाविरुद्ध मुद्दा दायर भएको छ।

लेखा अधिकृत रामकुमार पौडेल,  इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सबइन्जिनियर दोर्णप्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डिसी, काप्रेचौर  गाविसका सचिव टेकबहादुर डाँगी (क्षेत्री) तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बिकलाई प्रतिवादी बनाइएको छ। 

तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल र लेखा अधिकृत पौडेललाई ६ लाख ६४ हजार विगो मागदाबी गरिएको छ  भने  इन्जिनियर श्रेष्ठ, सबइन्जिनियर  रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डिसीले झुठ्ठा बिल भर्पाई एवम् झुठ्ठा कागजात पेश गरेकोले आरोपमा ८ लाख ४७ विगो मागदाबी गरिएको छ। 

काप्रेचौर सचिव डाँगी, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक  घर्ती, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक चलाउने क्षेत्रीविरुद्ध ३ लाख ५५ हजार विगो मागदाबी गरिएको छ।  

उपभोक्ता समितिका अध्यक्ष  रावत, उपभोक्ता समितिका सचिव  पुन, उपभोक्ता समितिका कोषाध्यक्ष  विकविरुद्ध ८ लाख ४७ हजार विगो मागदाबी गरिएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.