क्यान्सर पीडितलाई उपराष्ट्रपतिले दिए एक महिनाको पारिश्रमिक

क्यान्सर पीडितलाई उपराष्ट्रपतिले दिए एक महिनाको पारिश्रमिक

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको पारिश्रमिक क्यान्सर पीडितलाई दिएका छन्। ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई उपराष्ट्रपति पुनले एक महिना बराबरको तलब सहयोग गरेका हुन्। 

उपराष्ट्रपति पुनले कर कटाएर आउने एक महिनाको तलब ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरे। उपराष्ट्रपतिले केही दिनअघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए। 

उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्दै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए। 

सहयोग रकम लिँदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडित अत्यन्त उत्साहित भएको बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.