पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको सुरुवाइ अघि बढ्यो
काठमाडौं : पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ अघि बढेको छ।
जोशीको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा चलाउने गरी भएको निर्णय फाइल पेस नभएका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन। २०६९ सालदेखि जोशीविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अख्तियारबाट फाइल नआए पनि सुनुवाइ अघि बढाउन बाधा नहुने निष्कर्षमा पुगेको हो। अख्तियारले भने उनको फाइल फेला नपरेको जवाफ सर्वोच्चलाई दिएको छ।