कोशी टप्पुमा ४४ चौपाया मरे, १०० विरामी

कोशी टप्पुमा ४४ चौपाया मरे, १०० विरामी

धरान : सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा एकैपटक ठूलो संख्यामा गाईगोरु मरेका छन्। स्थानीयले पालेका र छाडा गरी सयभन्दा बढी बिरामी परेका छन्। 

बराहक्षेत्र नगरपालिकाको ६ र ९ वडामा पर्ने त्यस क्षेत्रमा रहेका स्थानीयले पालेका र केही छाडा गरी २८ वटा गाई र १६ वटा गोरु मरेका हुन्। पशु चिकित्सकले पटके रोगका कारण गाई÷गोरु मरेको बताएका छन्।

सप्तकोसी नदीको बीच भागमा पर्ने श्रीलंका टापुमा स्थानीयले पालेका र केही छाडा गरी ४४ वटा गाईगोरु मरेको अवस्थामा भेटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले बताए। 

गाई मरेको खबर पाउनासाथ बिहीबार जिल्ला पशु कार्यालय सुनसरीका चिकित्सक मनोजकुमार मेहता र जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयालसहितको टोली घटनास्थल पठाइएको उनले जानकारी दिएका छन्।

घटनास्थल पुगेका डीएसपी फुयालले पशु चिकित्सकलाई उद्धृत गर्दै गाई पटके रोगका कारण मरेको जानकारी दिएका छन्। टोलीले मरेका गाईको रगतको नमुना परीक्षणका लागि संकलन गरेको छ। 

यो रोग मान्छेमा समेत सर्ने भएकाले कोसी टप्पु वन्यजन्तु आरक्ष आसपासका क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई समेत सचेत गराइएको प्रजिअ राउतले जानकारी दिएका छन्।

कोसी टप्पु क्षेत्रमा छाडा चौपायाको संख्या अत्यधिक रहेको र जंगलमा विभिन्न प्रजातिका घाँस खाएका कारण रोग लागेको हुन सक्ने अनुमान गरिएको छ। 

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले गाई मर्न थालेपछि उपचारका लागि पशु चिकित्सकको टोली परिचालन गरिएको बताएका छन्। पीडितहरूले गाई मर्न थालेपछि कोसी टप्पु वन्यजन्तु आरक्षसँग क्षतिपूर्ति माग गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.