चार घरमा आगलागी, एक बालक घाइते
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा बिहीबार दिउँसो चारवटा घरमा आगलागी भएको छ। गढीमाई नगरपालिका–२ सुन्दरपुरमा रहेको चारवटा घरमा लागलागी हुँदा एक बालक जलेर घाइते भएका छन्।
नागेन्द्र राय यादव र जंगीलाल राय यादवको चारवटा घरमा आगलागी भएको इलाका प्रहरी कार्यालयल समनपुरका प्रहरी नायव निरीक्षक अरविन्द साहले जानकारी दिए।
जलेर नागेन्द्र राय यादवका चार वर्षीय नाती प्रदीप राय घाइते भएका छन्। आगलागीबाट करिब सात लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। आगो पूणरूपमा निभाइएको प्रहरीले जनाएको छ।