धर्मशाला उद्घाटनमा विवाद : विरोध गर्ने वडाअध्यक्षसहित सात पक्राउ

धर्मशाला उद्घाटनमा विवाद : विरोध गर्ने वडाअध्यक्षसहित सात पक्राउ

सिमरा : बाराको परवानीपुर ५ स्थित बहुअरीमा निर्माण भएको रामजानकी धर्मशालाको उद्घाटनका क्रममा विवाद हुँदा प्रहरीले वडाअध्यक्षसहित सात जनालाई नियन्त्रणमा लिएको छ।

धर्मशाला निर्माणका क्रममा अनियमितता भएको भन्दै परवानीपुर गाउँपालिका ५ का वडा अध्यक्ष रामेश्वरप्रसाद कलवार सहितका केहि स्थानीयले उदघाटनको विरोधमा नारा जुलुस गरेका थिए। धर्मशालाको उद्घाटन प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गर्ने कार्यक्रम थियो।

वडाअध्यक्षसहितका केही स्थानीयले गाउँपालिका अध्यक्ष हरिनारायण गुप्ताविरुद्ध नारा लगाउँदै उदघाटन कार्यक्रम रोक्न माग राखेका थिए। मन्त्री सहभागी कार्यक्रममा विरोध जनाइएपछि प्रहरीले वडाअध्यक्ष कलवार, स्थानीय विवेक गुप्ता, रुपेश गुप्ता, हरिशंकर गुप्तासहित सात जनालाई नियन्त्रणमा लिएको हो। कलवार संघीय समाजबादी फोरमबाट निर्वाचित वडा अध्यक्ष हुन्।

गाउँपालिकाको ६२ लाखको रकमबाट निर्माण भएको धर्मशालामा अनियमितता भएको वडाअध्यक्षसहितको आरोप छ। गाउँपालिका अध्यक्ष गुप्ताले अनियमितताका बीच पनि धर्मशाला उदघाटन गर्न लागेको भन्दै विरोध गरेका थिए।

विरोधमा उत्रिएकालाई नियन्त्रणमा लिइ प्रहरी सुरक्षाबीच धर्मशालाको उदघाटन गरिएको छ। मन्त्री सोनलले धर्मशालाको उदघाटन गरेका हुन्। नियन्त्रणमा लिइएर उनीहरुलाई ईलाका प्रहरी कार्यलय जीतपुरमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.