म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीको सहज जित

लन्डन : साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित हात पारेको छ। शनिबार भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई ५–० गोलले पराजित गर्‍यो। एकपक्षीय खेलमा सिटीलाई विजयी बनाउन रहिम स्ट्रलिङले ह्याट्रिक गरे। यसैगरी गाब्रियल जिसस र सर्जियो अग्युरोले एक/एक गोल गरेका थिए।

वेस्टहाम युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सिटीले खेलको २५औं मिनेटमा अग्रता बनाएको थियो। गाब्रियल जिससले गोल गर्दै सिटीलाई १–० ले अगाडि बढाए। पहिलो हाफमा १–० गोलले अग्रता बनाएको सिटीले दोस्रो हाफमा चार गोल थपेको थियो। रहिम स्ट्रलिङले दोस्रो हाफको ५१, ७५ र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। खेलको ८६औं मिनेटमा सर्जियो अग्युरोले पेनाल्टीमार्फत गोल गरेका थिए।

यसैगरी लिगको उद्घाटन खेलमा साविक उपविजेता लिभरपुलले विजयी सुरुवात गरेको छ। लिभरपुलले नयाँ सिजनको उद्घाटन खेलमा नवप्रवेशी क्लब नर्विच सिटीलाई ४–१ गोलले पराजित गर्‍यो। घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाह, भर्जिल भान डाइक र डिभोक ओरिगीले गोल गरेका थिए। लिभरपुलले एक गोल नर्विचबाट उपहार पाएको थियो। नर्विचका टिमु पुक्कीले सान्त्वना गोल फर्काएका थिए। लिभरपुलले सातौं मिनेटमा नर्विचका ग्रान्ट हान्लेको आत्मघाती गोलबाट अग्रता लिएको थियो।

त्यसपछि १९औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए। सलाहले रोवर्टाे फिर्मिनोको पासमा गोल गरेका थिए। २८औं मिनेटमा सलाहको पासमा भर्जिल भान डाइकले अर्को गोल गोल गरे। ४२औं मिनेटमा डिभोक ओरिगीले ट्रेन्ट एलेक्जेन्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० गोलको अग्रता दिलाए। ६४औं मिनेटमा नर्विचका टिमु पुक्कीले सान्त्वना गोल गर्दै लिभरपुलको अग्रता घटाउने प्रयास गरेका थिए।

दोस्रो हाफमा रक्षात्मक प्रदर्शन गरेको लिभरपुलले थप गोल गर्न सकेन। लिभरपुलको तुलनामा कमजोर देखिएको नर्विचले पनि थप गोल गर्ने प्रयास सफल बनेन। सिजनको पहिलो जितसँगै लिभरपुलले तीन अंक बनाएको छ। नर्विचले शीर्ष डिभिजनको पहिलो खेल हारबाट सुरुआत गरेको छ।

यसैगरी फ्रेन्च लिग वान फुटबलअन्तर्गत शुक्रबार रातिबाटै भएको पहिलो खेलमा लियोन विजयी भएको छ। लियोनले मोनाकोलाई ३–० गोलले हराएको छ। मोनाकोको घरेलु मैदानमा भएको खेलमा लियोनका लागि मौसा डेम्बेले, मेम्फिस डिपे र लुकास टौसर्टले गोल गरे। मौसाले खेल सुरु भएको पाँचौं मिनेटमै खाता पहिलो गोल गरेका थिए।

मेम्फिसले ३६औं र लुकासले ८०औं मिनेटमा एक एक गोल थपे। मोनाको ३०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। सेस फेब्रिगास रातो कार्ड पाउँदै बाहिरिएपछि मोनाकोले खेलभर जियोनको दबाब झेल्यो। लिगमा सुखद सुरुआतसँगै लियोनले तीन अंक बनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.