रुसमा विशाल प्रदर्शन, ५० हजार मानिस ओर्लिए सडकमा
मस्को : रुसमा निष्पक्ष चुनावको माग गर्दै दशौँ हजार मानिस सडकमा उत्रिएका छन् ।
पछिल्लाे केही घण्टादेखि राजधानी मस्कोमा भएको प्रदर्शनमा ५० हजारजति नागरिक आन्दोलनमा उत्रिएको बताइएको छ । राजनीतिक मुद्दालाई लिएर पछिल्ला केही वर्षयता यहाँ भएका आन्दोलनमा यो सबैभन्दा ठूलो आन्दोलन हो ।
‘हामीलाई मताधिकार देऊ !’, ‘जनतालाई ढाँट्न बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शनकारीले बोकेका छन् । मस्कोमा केही सातादेखि आन्दोलन हुँदैआएको छ ।