प्रदेश ५ मा संघीय सरकारले तोकेभन्दा पाँच दिन बढी सार्वजनिक बिदा

प्रदेश ५ मा संघीय सरकारले तोकेभन्दा पाँच दिन बढी सार्वजनिक बिदा

बुटवल : प्रदेश ५ ले संघीय सरकारले तोके बाहेक पाँच दिन बढी सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारले बकर इदका अवसरमा साउन २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

बकर इदको बिदासहित प्रदेश सरकारले संघीय सरकारले तोके बाहेकका पाँच दिन थप विदा दिने निर्णय गरेको हो। माघ र माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिएको थियो। 

त्यस्तै प्रदेशको स्थापना दिवसमासमेत बिदा दिइने निर्णय भएको छ। प्रदेशमा मुख्यमन्त्रीले शपथग्रहण गरेको दिन फागुन ३ लाई स्थापना दिवस मानिएको छ। त्यस्तै प्रदेशभित्रका स्थानीय तहले एक दिन बिदा दिन सक्ने बाटोसमेत प्रदेशले खुलाइदिएको छ। 

प्रदेशभित्र रहेका निश्चित समुदायले पनि आफ्नो पर्वमा एक दिन बिदा पाउनेछन्। भुमय पुजा, वडका अटवारी पर्व, रमजानमा बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.