सूर्य थापा र दीपशिखाको ‘फेसबुक वार’

सूर्य थापा र दीपशिखाको ‘फेसबुक वार’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सूर्य थापा र केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) भनाभनमा उत्रिएका छन्। पार्टीको जिम्मेवार तहका दुई नेताको भनाभनले अहिले सामाजिक सञ्जाल फेसबुक राम्रैगरी तातेको छ।

थापा र सापकोटाको स्टाटसलाई लिएर कार्यकर्तासमेत विभाजित भएका छन्। पार्टी नेतृत्व वाकयुद्धमा उत्रिएपछि कार्यकर्ता विभाजित भएका हुन्। पूर्वएमाले पृष्ठभूमिका थापा र पूर्वमाओवादी पृष्ठभूमिका दीपशिखाबीच फेसबुकमा वाक युद्ध भएको हो। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि आफूले आजसम्म कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको अभिव्यक्ति दिएका थिए। यो विषयलाई लिएर थापाले सामाजिक सञ्जालमा प्रचण्डको बोलीविरुद्ध प्रतिक्रिया लेखे। 

नेता थापाको यो प्रतिक्रियालाई प्रचण्डका नजिक मानिएका दीपशिखाले मन पराएनन्। उनले पनि तत्काल जवाफ फर्काए। उनले पार्टी अनुशासन नमान्ने भए जिम्मेवारी त्याग गर्दा राम्रो हुने सुझावसम्म दिए। 

प्रचण्डको तस्बिर फेसबुकमा राख्दै नेता थापाले फेसबुकमा लामै टिप्पणी गरेका छन्। उनले अन्तिममा ‘आजको क्रान्तिकारी तरंग र मनोदशा!’ भन्दै प्रचण्डप्रति व्यङ्ग्य गरेका छन्। 

‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन। महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो। जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो’, सूर्य थापाले फेसबुकमा लेखेका छन्, ‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै १ मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ। हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसॅग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !!’ 

दीपशिखाले थापालाई गाली फस्टाउने भएकाले अब यसलाई नै पेशा बनाउनसम्म सुझाव दिए। ‘सूर्यजी, पार्टी केन्द्रीय सदस्यजस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सैह्य हुँदैन। पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ। यस्ता गाली आजकाल फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाए हुन्छ’, युवा संघका अध्यक्षसमेत रहेका दीपशिखाले व्यक्तिगत विचार भन्दै फेसबुकमा लेखे। 

उनीहरूबीचको यही विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ। दीपशिखाको प्रतिक्रियामा थापा पनि चुप बसेनन्। उनले पनि फेसबुकमै उत्तर दिए, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा।’

यी स्टाटसलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटीप्पणी भइरहेका छन्। यी दुईको वाक युद्धले पार्टीमा अहिले पनि पूर्वएमाले र माओवादीबीचको द्वन्द्व कायमै रहेको पनि टिप्पणी हुन थालेको छ। 

यी दुईबीचको वाक युद्धमा प्रचण्डका ज्वाइँ जीवन आचार्य पनि मिसिएका छन्। थापाको स्टाटसमा उनले प्रतिक्रिया दिएका छन्,‘बोल्न पाइयो भन्दैमा प्याच्च नबोल्नु, बस्न पाइयो भन्दैमा थ्याच्च नबस्नु, भन्ने बूढापाकाको भनाइ छ। बोल्नै परे मुटुमा चिसो पस्ने गरी बोल्न हामीलाई पनि नआउने होइन। तर हामी गैरजिम्मेवार बन्न सक्दैनौं किनकी यहाँ वामपन्थीहरू एक हुने र तीनको भविष्यको सवाल छ, पार्टी अनि आन्दोलनको कुरा छ र संयमता अपनाइएको हो। हुट्टिट्याँउले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेड ! मेरो व्यक्तिगत विचार अब यतिविधि अनुशासन देखाइसकेपछि हामीजस्ता नेकपाका सिपाहीले यी (सूर्य थापा) भन्ने व्यक्तिलाई पनि नेता, कार्यकर्ता मान्न पर्दैन होला नि ! कि के हो?, वामएकता जिन्दावाद्!, फुटमा रमाउनेहरू मुर्दावाद् !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.