मोबाइलले मोटोपना

मोबाइलले मोटोपना

मोटोपन बढ्नुको कारणमध्ये मोबाइलको धेरै प्रयोग पनि एक रहेको अनुसन्धानले देखाएको छ। क्यालिफोर्नियाको सिमोन बोलिवर युनिभर्सिटीको हालैको एक अनुसन्धानकाअनुसार दिनभरमा मोबाइलको प्रयोग पाँच घण्टा गरेमा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्छ। अनुसन्धानमा मोटोपनको कारण मोबाइलमा व्यस्त रहनाले शारीरिक अभ्यास नगर्नु र धेरै खाना खानु देखिएको छ।

मेटाबोलिज्म बिग्रिने कारण बढ्छ अनिद्रा

शोधकर्ताको अनुसन्धानमा एक हजार विद्यार्थीलाई समावेश गरिएको थियो। उक्त अनुसन्धानले फोन धेरै प्रयोग गर्ने विद्यार्थीले गुलियो पेय पदार्थ, फास्ट फुड, चकलेट खान्छन् र शारीरिक परि श्रम कम गर्छन् भन्ने देखाएको छ। अनुसन्धानकर्ताका अनुसार यो बानीले मेटाबोलिजम कम गर्छ र अनिद्राको समस्या बढ्छ। त्यसपछि शरीरको तौल पनि बढ्छ।

अनुसन्धानकर्ता तथा हृदयरोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टिला मोरोनका अनुसार मानिसको हातमा रहेको फोन नै स्वास्थ्य खराब हुने प्रमुख कारण हो। लगातार मोटोपन बढ्ने कारणले मुटु रोगको खतरा पनि बढ्छ। अमेरिकन कलेज अफ कार्डियोलोजीको एक सम्मेलनमा पेस गरिएको अनुसन्धानका अनुसार अनुसन्धानमा समावेश २५ प्रतिशत विद्यार्थीको तौल बढी थियो। यी विद्यार्थी सधैं ५ घण्टाभन्दा बढी समय फोनमा बिताउँथे।

टेक्सासको राइस युनिभर्सिटीकाअनुसार फोनको धेरै प्रयोग गर्ने मानिसलाई जब फास्ट फुड दिइन्छ तब उनीहरूमा नियन्त्रण कम हुन्छ। सन् २०१६ मा हावर्ड चेन स्कुलको अनुसन्धानमा पनि मोबाइलमा धेरै समय बिताउनाले मोटोपन बढ्ने आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.