सगुनले ल्यायाे सामाजिक एप 'सगुन लाइट'
काठमाडौं : सगुनले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप 'सगुन लाइट' संचालनमा ल्याएकाे छ।
सगुन लाइटमा व्यक्तिगत विचार तथा अनुभव र आफ्ना वरपर भइरहेका घटना, राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा आफ्नो टिप्पणी राख्न पाइनेछ।
सगुन लाइटले नेपालका लागि छुटै विषयहरु छनोट गरेको छ। जसमा नेपालको लागी दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, हिन्दू तथा बौद्ध धर्म, ठट्यौलीरचुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको हो।
नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको छ।
सगुन लाइट एप चलाउन सजिलो छ। यो निशुल्क डाउनलोड गर्न सकिन्छ। गुगल प्ले स्टोर वा एप्पल एपस्टोरमा गएर एक मिनेटमै सगुन लाइट इन्स्टल गर्न सकिन्छ। यसक्रममा आफ्नो फोन नम्बर राखेर साइन अप गर्ने, आफ्ना रुचिका विषयहरू छान्ने र आफ्नो फोनलाई ओटीपी कोडले प्रमाणीकरण गर्नु पर्नेछ।