डेंगुको अन्तरकथा : सिपाही संघमा, बन्दुक प्रदेशमा, गोली स्थानीयमा !

डेंगुको अन्तरकथा : सिपाही संघमा, बन्दुक प्रदेशमा, गोली स्थानीयमा !

काठमाडौं : डेंगु रोगबाट तीन हजार बढी बिरामी भएपछि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल चिन्तित देखिन्छन। ‘डेंगुका बिरामी झन् बढ्ने हो की भन्ने डर छ’, उनले भने।

पिउने पानीको अभाव भएको क्षेत्रमा डेंगुका बिरामी बढेका छन्। भाँडाकुँडामा पानी संकलन गरेपनि छोपिएको छैन। फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन। सडकका खाल्डाखुल्डी, पुराना टायर, गमलामा जमेको पानीमा लामखुट्टेले फुल पार्ने र रोग फैलाउने गरेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले विशेषगरी प्रदेश १ र ५ का बासिन्दालाई सताएको रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो वर्ष डेंगुबाट झण्डै ३५ शय बिरामी परेका छन्।

सरकारले लामखुट्टेको फुल एवम् लार्भाको खोज र नष्ट गर्ने अभियान संचालन गरेर दुई वर्षमा झण्डै ११ करोड खर्चेको छ। तर नतिजा अपेक्षाकृत सन्तोषजनक छैन। ‘अब व्यवहार परिवर्तनको खाँचो छ,’ महाशाखाका निर्देशक डा. लालले भने। शहरी क्षेत्रमा फैलिएको डेंगुको रोकथामका लागि स्थानीय बासिन्दासँगै सरकारको भूमिकामा पनि भूमिका प्रभावकारी नहुँदा रोग नियन्त्रणमा आउन सकेको छैन।

लामखुट्टेको बासस्थान नष्ट गर्न स्थानीय, प्रादेशिक र संघीय सरकारले गरेको प्रयास प्रभावहिन भएको छ। किटजन्य रोगको अवस्थाबारे जानकारी राख्ने एन्टिमोलोजिष्टको अभाव भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलका अनुसार, सरकारी तवरमा चारवटा पक्षमा सुधार गर्न नसक्दा रोग नियन्त्रणमा चुनौती थपिएको हो।

स्थानीय कर्मचारी परिचालन गर्ने अधिकार संघमा छैन। स्रोत साधनको प्रबन्ध पनि छैन। ‘गोली स्थानीय निकायमा छ। बन्दुक प्रदेशमा छ। सिपाही संघमा छ। तीन तहबीच तालमेल छैन’, उनले भने।
गोली स्थानीयमा, 

गोग नफैलदै तीनै तहका सरकारी निकायमा सूचना प्रवाह हुन सकेन। डा. प्याकुरेलले सूचना व्यवस्थापन पनि प्रभावकारी हुन नसकेको बताए। आर्थिक व्यवस्थापन पनि हुन सकेन। यस वर्ष झण्डै साढे तीन लाख बजेट लामखुट्टेको बासस्थान नष्ट गर्न विनियोजन गरिएको छ। 

‘सूचना नभए सञ्चार हुँदैन। सञ्चार नभएपछि समन्वय हुन सक्दैन। समन्वय नभए सहकार्य हुन सक्दैन’, विभागका महानिर्देशक डा. प्याकुरेलले भने, ‘सहकार्य नभएको अवस्थामा रोग नियन्त्रणमा प्रतिबद्धता पनि हुँदैन।’

वातावरणीय सरसफाई र रोग नियन्त्रणमा एउटै सोंच बनाएर सबै निकाय परिचालन भए रोग नियन्त्रण हुने डा. प्याकुरेलको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.