हस्पिटालिटीमा सानिमा ग्रुप : दुई अर्ब लगानीमा होटल

हस्पिटालिटीमा सानिमा ग्रुप : दुई अर्ब लगानीमा होटल

काठमाडौं : जलविद्युत्, बैंक, बिमा, शिक्षा, हस्पिटल, मिडियासहितका क्षेत्रमा लगानी गरेको सानिमा ग्रुप आतिथ्य उद्योगमा प्रवेश गरेको छ। सानिमा ग्रुपले दुई अर्ब रुपैयाँ खर्च गरेर धुम्बाराहीमा एक सय आठ कोठाको होटल सञ्चालमा ल्याएको हो। होटलले सोमबार पत्रकार सम्मेलन गरेरै सेवा शुभारम्भ भएको जानकारी दिए।

सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’को तयारीसँगै निजी क्षेत्रको यो व्यावसायिक समूहले आतिथ्य उद्योगमा योगदान दिने उद्देश्य राखेको होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले बताए। उनका अनुसार अरु क्षेत्रमा लगानी बढिरहेको भए पनि आतिथ्य क्षेत्रमा भने अकामा होटलमार्फत प्रवेश गरेको हो। यस क्षेत्रमा प्रवेशसँगै यो समूहले आवश्यकता अनुसार थप योजना बनाइने श्रेष्ठले बताए। सिद्धार्थ बैंकको सहवित्तीयकरणमा सनराइज बैंकको सवा अर्ब रुपैयाँ लगानी रहेको उनले जानकारी दिए।

होटलले आधुनिक सुविधासहित नेपाली मौलिकता पस्कने होटलका महाप्रबन्धक राजु श्रेष्ठले बताए। उनका अनुसार होटलमा आउने पाहुनालाई स्थानीय नेवारी र हिमाली संस्कृतिको अनुभव दिलाउने प्रयास हुनेछ। होटल त्रिभुवन विमानस्थलबाट जम्मा ४ किमिको दूरीमा छ। यहाँबाट पशुपतिनाथ, बौद्ध, स्वयम्भूसहित नजिकको गन्तव्यको रूपमा राखिएको छ। होटलमा आरामदायी कोठा, सुन्दर र रमणीय वातावरणसहित आधुनिक उपकरणको प्रयोग सहजै गर्न सकिने जानकारी श्रेष्ठले दिए।

होटलको नवौं तलामा रहेको चाओ बेला नामको चाइनिज इटालियन रेस्टुरेन्टमा अन्तर्राष्ट्रियस्तरको स्वाद र काठमाडौंको मनोरमपूर्ण दृश्यावलोकन गर्न सकिनेछ। होटलमा रहेका विभिन्न प्रकारका पाँचवटा हलले सभा–सम्मेलन–गोष्ठी वा अन्तक्र्रिया (माइस) पर्यटन प्रवद्र्धन गर्नमा सहज हुनेछ। माइस पर्यटनकै निम्ति होटलमा १५ देखि १५ सय जनासम्मलाई भोज वा सामूहिक कार्यक्रम गर्न सक्ने सुविधा रहेको महाप्रबन्धक श्रेष्ठले बताए।

होटलमा आकर्षक पौडी पोखरी, बार, होटलभित्रको जिमक्लब, पार्किङ सुविधा छ। होटलले तत्कालै एक सय जनालाई रोजगारी दिएको छ। कुनै अन्तर्राष्ट्रिय चेनलाई प्राथमिकता नदिई नेपाली शैलीमै होटल सञ्चालन गर्ने श्रेष्ठ बताउँछन्। उनका अनुसार होटलमा रहेको सेवा सुविधा र क्षमताका आधारमा चार तारे स्तरमा स्तरीकरणको निम्ति पर्यटन विभागमा निवेदन दिइसकिएको छ। आवश्यक प्रक्रिया पुर्‍याएर होटललाई चारतारेमा वर्गीकरण गरिने जानकारी श्रेष्ठले दिए।

१०८ वटा कोठामध्ये ९५ वटा सुपेरियर, ६ वटा डिलक्स, चारवटा डिलक्स सुइट, दुईवटा फेमिली सुइट र एउटा प्रेसिडेन्टल सुइट रहेको होटलका बजार तथा बिक्री निर्देशक कौशलकुमार सिंहले बताए। उनले भने, ‘होटल सञ्चालनको सुरुवाती अफरका रूपमा डिसेम्बर ३० सम्म विशेष छुट दिइएको छ। यस्तो छुट कोठा प्रयोगमा ५० प्रतिशतसम्म र रेस्टुरेन्टको मेनुमा २० प्रतिशतसम्म छ।’ प्रतिकोठा मूल्य न्यूनतम ९० देखि अधिकतम ६ सय डलर तोकिएको सिंहले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.