चिनियाँ-भारतीय नेता भेटवार्तादेखि अमेरिकालाई इरानकाे चेतावनीसम्म

चिनियाँ-भारतीय नेता भेटवार्तादेखि अमेरिकालाई इरानकाे चेतावनीसम्म

 

ग्वाटेमालामा अलेजान्द्रो नयाँ राष्ट्रपति

ग्वाटेमाला सिटी : ग्वाटेमालामा हालै सम्पन्न राष्ट्रपतीय चुनावमा अलेजान्द्रो गियाम्मात्तेइ विजयी भएका छन् । वामोस पार्टीको तर्फबाट चुनावमा उठेका अलेजान्द्रो अबको राष्ट्रपति बन्दैछन् । ६३ वर्षीय अलेजान्द्रोको वामोस ‘कन्जरभेटिभ’ विचारधारा अवलम्वन गर्ने पार्टी हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार अब नयाँ राष्ट्रपतिको रुपमा उनले अपराध तथा सुरक्षा, मानवअधिकार लगायत विषयको चुनौती गर्नुपर्ने छ । सान्द्रा तोर्रेसविरुद्ध उनी ५८ दशमलब २६ मत ल्याउँदै विजयी भएका हुन् ।

अमेरिकाले गल्फमा हतियार बेचेकोमा इरानको चेतावनी

तेहरान : मध्यपूर्वी क्षेत्रमा अमेरिकाले ठूलो संख्यामा हतियार विक्री गर्दैआएको विषयमाथि इरानले कडा आलोचना गरेको छ । इरानी विदेशमन्त्री मोहम्मद जावद जरिफले अमेरिकाले अर्बौँका हतियार विक्री गरेकोमा चेतावनी दिएका हुन् ।

उनले गल्फ क्षेत्रलाई ‘पड्किन तयार टिन्डरबक्स’ भन्दै पछिल्लो समय अमेरिकाले गल्फ क्षेत्रमा हतियार बेचेकोमा आपत्ति जनाएका हुन् । अलजजिरालाई सोमबार दिएको अन्तरवार्तामा उनले गल्फमा युद्ध हुँदा असुरक्षा मात्रै बढ्ने प्रतिक्रिया दिएका छन् ।

 

चिनियाँ उपराष्ट्रपति–भारतीय विदेशमन्त्री भेटवार्ता


बेइजिङ : चिनियाँ उपराष्ट्रपति वाङ क्विसन र भारतीय विदेशमन्त्री सुब्रहमन्याम जयशंकरबीच भेटवार्ता भएको छ । चिनियाँ नेता वाङले चीन र भारत दुबै देश राष्ट्रिय विकास र रुपान्तरणको महत्वपूर्ण उचाइमा पुगेको बताएका छन् ।

उनीहरुले दुई देशबीच स्वस्थ विकास र आपसी सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिएका थिए । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेताले चीनलाई ‘विस्तारवादी दुश्मन’ संज्ञा दिएको भोलिपल्टै दुई देशका नेताले भेटवार्ता गरेका हुन् ।

थाइल्याण्डमा भवन भत्किँदा तीनको मृत्यु

थाइल्याण्ड : थाइल्याण्डको फुकेटमा एउटा निर्माणाधिन भवन भत्किँदा त्यहाँ कार्यरत तीनजना कामदारको मृत्यु भएको छ । अरु आठजना घाइते भए । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै म्यानमारका नागरिक भएको सिन्ह्वाले उल्लेख गरेको छ ।

श्रीलंकामा हुरी-वर्षाबाट १७ सय भन्दा धेरै घरमा क्षति


कोलम्बो : हावाहुरी र भारी वर्षाको कारण श्रीलंकामा एक हजार ७ सयभन्दा धेरै घर क्षतिग्रस्त भएका छन् । यहाँको क्षति व्यवस्थापन केन्द्रका अनुसार गत बिहीबारदेखिको वर्षाले सोमबारसम्म १७ सय ४७ घरमा क्षति पुगेको छ । साथै २२ घर पूर्ण रुपमा भत्किएका छन् । सबैभन्दा धेरै नुएरा एलिया जिल्लामा क्षति पुगेको बताइएको छ । जहाँबाट ५० जना विस्थापित भएका छन् ।

गुगलले प्रदर्शन भड्काएको भन्दै रुसी सरकारको चेतावनी

मस्को : रुसमा निष्पक्ष निर्वाचनको माग गर्दै भइरहेको प्रदर्शनमा गुगलको पनि हात रहेको भन्दै त्यसो नगर्न सरकारले चेतावनी दिएको छ । गुगलले युट्युबमार्फत ‘अनधिकृत भिडियो’को प्रचार गर्दै प्रदर्शनलाई बढावा दिएको भन्दै सरकार रुष्ट बनेको हो । गुगलले यहाँ सरकारविरोधी प्रदर्शन भड्काएको भन्दै सरकारको सञ्चारसम्बन्धी निकायले चेतावनी दिएको हो । रुसमा अहिले दशौं हजार सरकारविरोधी आन्दोलनमा सडकमा उत्रिएका छन् । दर्जनौँलाई सरकारले पक्राउ गरेको छ ।

हङकङमा हजारौं प्रदर्शनकारी एयरपोर्टभित्रै, सबै उडान स्थगित

हङकङ : हङकङमा १० हप्तादेखि जारी आन्दोलन झन् विस्तार हुँदैगएको छ । सोमबार आन्दोलनकारीले नियमित उडान नै ठप्प पार्ने गरी एयरपोर्टभित्रै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण सरकारले सोमबार सबै उडान स्थगित गरेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार एयरपोर्टमा अहिले हजारौंको संख्यामा प्रदर्शनकारी छन् । जसका कारण सडक र एयरपोर्ट पूरै ठप्प भएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.