प्रधानमन्त्रीले आज संसद बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसद बैठकमा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्ने भएका छन्। ओलीले समसामयिक राजनीतिक घटनाक्रम र सार्वजनिक महत्वका विषयमा सदनमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

संसद बैठक बिहान ११ बजे बस्दै छ । प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तरसमेत हुन सक्ने संसद सचिवालयले जनाएको छ।  

यसअघि असार ३ गते प्रधानमन्त्री ओलीले युरोपको नौदिने भ्रमणबारे जानकारी दिन र समसामयिक विषयमा बोल्न समय मागेका थिए। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएलगत्तै कांग्रेस सांसदले नाराबाजी गर्दै ‘बेल’ घेराउ गरेका थिए।

प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै कांग्रेस सांसदले विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले पटकपटक प्रधानमन्त्रीको कुरा सुन्न आग्रह गरिरहँदा पनि प्रतिपक्षी दलका सांसद नाराबाजी गरी रोस्टम घेराऊ गरिरहेपछि संसद बैठक स्थगित भएको थियो।

आइतबार बस्नै बैठकमा विभिन्न शीर्षकमाथि छलफल हुने छ। बैठकमा कृषि,  सहकारी  तथा  प्राकृतिक  स्रोत  समिति सभापति पूर्ण  कुमारी  सुवेदीले वन  विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६, र राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेश गर्ने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कृषि,  सहकारी  तथा  प्राकृतिक  स्रोत  समितिको  प्रतिवेदन सहितको  भुमि  सम्बन्धी  (आठौ  संशोधन) विधेयक, २०७५ माथि छलफल र पारित गर्न प्रस्ताव पेश हुने छ।

यस्तो छ आजको कार्यसूची


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.