मोदीको भुटान भ्रमण : १० सम्झौतामा हस्ताक्षर

मोदीको भुटान भ्रमण : १० सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका क्रममा भुटानमा छन् । शनिबार अपरान्ह भुटान पुगेका उनले भुटानका प्रधानमन्त्री लोट्टे छिरिङसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए । भेटमा भारत र भुटानको हित र सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको मोदीले ट्वीट गरी जानकारी दिएका छन्।

प्रधानमन्त्री मोदी र समकक्षी छिरिङले विभिन्न क्षेत्रमा सहकार्य गर्ने गर्ने गरी दशवटा सम्झौता पत्रमा हस्ताक्षर भएको दुवै देशका विदेश मन्त्रालयले जनाएका छन् । भारत र भुटानबीच अन्तरिक्ष अनुसन्धान, हवाई, प्रविधि, उर्जा र शिक्षाका क्षेत्रमा दश सहमति पत्र(एमओयु)मा हस्ताक्षर भएको छ । 

आइतबार मोदीले भुटानको रायल विश्वविद्यालयका छात्रछात्रालाई सम्बोधन गर्नेछन् । दुइदिने भ्रमण सकेर मोदी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.