अमेरिकामा अनौठा ट्वाइलेट, जहाँ यौनजन्य गतिविधि मनाही छ

अमेरिकामा अनौठा ट्वाइलेट, जहाँ यौनजन्य गतिविधि मनाही छ

वासिङ्टन : अमेरिकाको वेल्स समुद्री किनार क्षेत्रमा केही नयाँ किसिमका सार्वजनिक ट्वाइलेट बन्दैछन् ।

जहाँ आम प्रयोगकर्ताले अनैतिक गतिविधि गर्न पाउने छैनन् । खासगरी ती ट्वाइलेटभित्र यौनसम्पर्क वा यस्ता गतिविधि गर्न पाउने छैनन् । यस क्षेत्रका सार्वजनिक ट्वाइलेटमा यौनजन्य गतिविधि, तोडफोड र झैझगडा हुने भएपछि स्थानीय प्रशासनले यस्ता गतिविधि गर्न बन्देज लगाएको हो ।

सिएनएनका अनुसार ती ट्वाइलेटभित्र यदी कसैले यौनसम्बन्ध राख्ने प्रयास गर्यो वा त्यस्ता अनैतिक गतिविधि गर्न थाल्यो भने साइरन बजेर सूचना दिन्छ । ट्वाइलेटभित्र त्यस्ता गतिविधिलाई हिंसात्मक कार्यको रुपमा पनि लिइने बताइएको छ ।

यस्तै ट्वाइलेटभित्र अन्य हिंसात्मक गतिविधि गर्ने काम रोक्ने गरी प्रविधि जडान हुने बताइएको छ । यतिमात्रै हैन, कुनै प्रयोगकर्ताले धेरै लामो समयसम्म ट्वाइलेटमै बितायो भने पनि चेतावनीपूर्ण सन्देश बज्नेछ ।

सहर परिषद्का सदस्य माइक क्लार्कले वेल्सन अनलाईनलाई जनाएअनुसार यस्तो ट्वाइलेट निर्माण नहुँदै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । प्रयोगकर्तालाई ‘होच्याइएको’ र कठोर बनेको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.