संसद बैठकमै सभामुखले शिशुलाई काखमा च्यापेर दुध पिलाउन थालेपछि...

संसद बैठकमै सभामुखले शिशुलाई काखमा च्यापेर दुध पिलाउन थालेपछि...

न्युजिल्याण्ड : यस वर्ष पनि विश्वभर ‘ब्रेस्ट फिडिङ डे’ मनाइयो । अगष्ट २२ मा यो दिवस संसारभर खासगरी महिला र महिलावादीहरुले मनाउने गर्छन् ।

त्यसो त, यो दिवसबारे अनेक बहस र विवाद समेत सुनिन्छ । यही विषयलाई लिएर न्युजिल्याण्डको संसदमा भने फरक दृश्य देखियो । संसारलाई नै पाठ सिकाउने गरी संसद चलिरहेका बेला सभामुख ट्रेबोर मलार्डले जे गरे यसको अहिले ब्यापक चर्चा हुँदैछ ।

खासगरी सामाजिक सञ्जालमा मालार्डको तस्बिर भाइरल नै बनाइएको छ । खासमा सभामुख मालार्डले संसद चलाउने बेला आफ्नो कुर्सीमा एक्लै गएनन् । उनले सँगै लिएर गएका थिए एक ‘अतिथि’लाई पनि । ती अतिथि कोही नभएर सांसद टमाटी कफेका नवजात शिशु थिए ।

कुर्सीमा उक्लिएर मालार्डले ती शिशुलाई काखमा च्यापेरै बोटलको दुध चुसाउन थाले । खासमा उनले ‘फिडिङ डे’ ‘सेलिब्रेट’ गर्द पनि यसो गरेका थिए । धेरैले उनलाई यसो गरेकोमा बधाइ र धन्यवाद दिए ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘न्युजिल्याण्ड...तिमी सानो मुलुक हौला, तर तिमीले संसारलाई विशाल पाठ सिकाएका छौ । यो नै मैले संसारभर देखेको सर्वाधिक सुन्दर चिज हो ।’ कफेका छोरा ‘सरोगेट’ विधिबाट गत जुलाइमा जन्मिएका हुन् । अन्य मुलुकका सांसदहरुले पनि न्युजिल्याण्डको संसदको यस्तो गतिविधिलाई उदाहरणीय कामको रुपमा प्रसंशा गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.