अंग्रेजलाई जितेको खुसियाली यसरी मनाइन्छ पाल्पामा

अंग्रेजलाई जितेको खुसियाली यसरी मनाइन्छ पाल्पामा

पाल्पा : नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको खुसियालीमा तानसेनमा शनिबार विजय उत्सव मनाइँदै छ। वि. सं १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जितगढीमा युद्ध भएको थियो। युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो।

युद्ध तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा भएको थियो। युद्धमा अंग्रेज सेनालाई हराएको सम्झनामा वि.स. १८७६ देखि प्रत्येक वर्ष पाल्पामा विजयउत्सव मनाउने गरिएको  छ। 

विजयउत्सवको भगवती जात्राको रथ आज १२ बजेर ४५ मिनेटमा उठाइने व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले बताए। तत्कालीन प्रशासक कर्णेल थापाले  'बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र भगवतीको महिमा चारैतिर फैलाउने छु' भनी भाकल गरेको भनाइ छ। 

    
२ पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिर थापाले १८७२ देखि ७६ सम्म गजुरसहितको ३ तले मन्दिर निर्माण पुरा गरे। १८७६ सालदेखि तानसेनमा विजयोत्सव  मनाउन थालिएको हो। यो भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट नवमीको दिन मनाउने परम्परा रहँदै आएको छ। आधुनिक हातहतियार सहितको तालिम प्राप्त अंग्रेज सेनासँग घरेलु हातहतियारको आधारमा कुटनितिक तरिकाबाट तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो। तत्कालीन युद्धमा अंग्रेज सेनाको नेतृत्व जनरल उडले गरेका थिए। पाल्पा नुवाकोट बुटवल जितगढी युद्धमा नेपालसँग हारेपछि अंग्रेज सेनाका कमाण्डर जनरल उडलाई अंग्रेज सरकारले कारवाही गरेको थियो।  

    
पाल्पा बुटवल जितगढी युद्ध नेपालको राष्ट्रियता स्वाधिनता र सार्वभौमिकतासंग गाँसिएकोले केन्द्रीय सरकारबाट राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने संस्कृतिविद् निर्मल श्रेष्ठले बताए। अब नेपालले अंग्रेजसँग युद्ध लड्ने र जित्ने कल्पना गर्न नसकिने भन्दै यस्तो ऐतिहासिक महत्वको कुरालाई सरकारले वेवास्ता गर्दै आएको अर्का संस्कृतिकर्मी झपेन्द्र जि.सी.ले बताए। 
           
विजयजात्राको अघिल्लो दिन कृष्ण अष्टमीको राति प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले संयुक्त रुपमा पञ्चवली सहित पुजा गर्ने प्रचलन छ। अंग्रेजसंग युद्ध लडेको तरवार पर्दशन गरी रथमा राखी सेनाले बढाइ दिने चलन रहेको छ। विजयउत्सव भगवती जात्रालाई तानसेन बजारको पाल्पा दरवार शितलपाटी, भगवतीटोल, वसन्तपुर, कैलाशनगर, अशनटोल, नारायणस्थान, भिमसेनटोल, गोरखदल गण, बसपार्क आन्दोलनचोक, बडिज्ञानटोल, सिल्खानटोल, टक्सारटोल लगायका स्थानमा घुमाउने मन्दिर व्यवस्थापन समितीले जनाएको छ। भगवतीजात्रा हेर्न पाल्पा, काठमाडौं, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन, स्याङ्ग्जा, कास्की  लगायत क्षेत्रबाट पुग्ने गरेका छन्।  

विजयउत्सवमा नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापा सहभागी हुने व्यवस्थापन समितीले जनाएको छ। विजय उत्सवमा तत्कालीन सयममा अंग्रेजसंग युद्धमा लडेको सबुज गणको पनि सहभागिता रहने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.