फ्रेन्च राष्ट्रपतिसँग वार्ता गरिरहँदा बेलायती प्रधानमन्त्रीले टेबुलमै खुट्टा राखिदिएपछि...

फ्रेन्च राष्ट्रपतिसँग वार्ता गरिरहँदा बेलायती प्रधानमन्त्रीले टेबुलमै खुट्टा राखिदिएपछि...

लण्डन : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्री हुनुभन्दा अघि अनेक विवादमा छाइराख्थे । प्रधानमन्त्री बनेपछि पनि उनी ‘एक विवादास्पद छवि भएका नेता’ को रुपमा विभिन्न मिडियाले टिप्पणी गरे ।

सार्वजनिक रुपमा उनले दिने अभिव्यक्ति र उनको जीवनशैली साथै सम्बन्धबारे पनि पटक पटक विवादमा आउने गर्थे उनी । प्रधानमन्त्री भएपछि पनि उनको यस्तै अर्को ‘हर्कत’ देखियो । हाल उनी ‘जी सेभेन’ सम्मेलनका लागि फ्रान्समा छन् ।

यस क्रममा उनले फ्रेन्च राष्ट्रपति राष्ट्रपति इमानुएल म्याँक्रोनसँग भेटवार्ता गरे । सम्मेलनअघि नै उनी इमानुएलसँग एक टेबुल गफमा थिए । अनौठो त के भयो भने इमानुएलसँग गफ गरिरहँदा उनले टेबुलमाथि नै खुट्टा राखिदिए ।

जोन्सनले टेबुलमाथि खुट्टा राख्दै देखाएको व्यवहारबारे अहिले अनेक टिप्पणी हुन थालेको छ । खासगरी सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । यस्तो तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । उनलाई धेरैले रुखो र ‘मुर्ख’ व्यवहार देखाएको भन्दै टिप्पणी गरेका छन् ।

त्यसो त, यसअघि पनि उनी यस्ता हर्कतका कारण विवादमा पर्दैआएका थिए । फ्रेन्च राष्ट्रपतिले भने जोन्सनलाई खुट्टा तल झार्न आग्रह गरेका थिए । जी ७ मुलुकको बैठकका क्रममा उनीहरु यतिबेला फ्रान्समा छन् । बिहीबारको भेटको क्रममा जोन्सनले यस्तो गतिविधि देखाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.