शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने

शिक्षक छनोटमा कडाइ, दुई चरणमा परीक्षा दिनुपर्ने

काठमाडौं : सरकारले सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रियामा कडाइ गरेको छ। यसअघि भएको व्यवस्थाले प्रतिस्पर्धी व्यक्ति शिक्षण पेसामा आउन नसकेको गुनासो बढेपछि नयाँ व्यवस्था ल्याइएको हो।

नयाँ व्यवस्था भएको शिक्षक सेवा नियमावलीको दशौं शंसोधन मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो। शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा केही समयअघि मन्त्रिपरिषद्मा पेस गरेको थियो। स्थायी शिक्षकका लागि प्रतिस्पर्धा गर्नेले दुई चरणमा परीक्षा दिनुपर्ने भएको छ।

सम्बन्धित उम्मेदवारले दुवै चरणको परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तर्वार्तामा बस्न पाउनेछन्। नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको परीक्षा दुई सय पूर्णांकको हुनेछ। यसअघि सय पूर्णांकको मात्र लिखित परीक्षा हुन्थ्यो। सय पूर्णांकको वस्तुगत परीक्षा उत्तीर्ण गरेपछि मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी गराइनेछ।

विषयगत परीक्षा पनि सय पूर्णांकको हुने मन्त्रालयका विद्यालय प्रशासन महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले बताए। वस्तुगत परीक्षामा परीक्षार्थीले ल्याएको कुल अंकको ५० प्रतिशतलाई मात्र विषयगत परीक्षाको उत्तीर्णांकसँग जोडिनेछ। तर, पहिलोचरणको वस्तुगत परीक्षामा उत्तीर्णांक कति राख्ने भन्ने विषयमा भने थप छलफल गरेर निर्णय गरिने काप्रीले बताए। तर, उत्तीर्णांक ५० हुने सम्भावना बढी रहेको उनले बताए।

‘वस्तुगत परीक्षामा उत्तीर्णांक ५० रह्यो र उम्मेदवारले ५० नम्बर मात्रै ल्यायो भने उसको विषयगत परीक्षाको प्राप्तांकसँग २५ नम्बर मात्रै जोडिन्छ। तर, वस्तुगतमा ५० नम्बरभन्दा तल ल्यायो भने उसले विषयगत परीक्षाम बस्नै पाउँदैन’, काप्रीले भने, ‘वस्तुगत परीक्षामा नेगेटिभ मार्किङ राख्ने विषयमा पनि छलफल भइरहेको छ।’ यो व्यवस्थाले शिक्षक छनोट प्रक्रिया प्रतिस्पर्धी हुने र शिक्षकको क्षमतामा पनि विकास हुने मन्त्रालयको विश्वास छ।

अन्तर्वार्तामा पनि कडाइ

लिखित परीक्षाबाट छनोट भएका शिक्षकलाई २५ पूर्णांक मानेर अन्तर्वार्ता लिने व्यवस्था छ। यो व्यवस्थमा पनि परिवर्तन भएको छ। यसअघि ज्येष्ठताको आधारमा अधिकतम १२ वर्ष मानेर प्रतिवर्ष एक नम्बर दिने व्यवस्था थियो। अब ज्येष्ठताका लागि अधिकतम १० वर्ष मात्र गणना गरिने र प्रतिवर्ष जिरो दशमलव ५ प्रतिशत मात्रै अंक दिने व्यवस्था गरिएको छ।

ज्येष्ठताको आधारमा १२ नम्बरसम्म अंक दिने व्यवस्थाका कारण खुला प्रतिस्पर्धाको परीक्षामा कार्यरत शिक्षकले मात्र मौका पाउने अवस्था आएकाले ज्येष्ठताको आधारमा नम्बर घटाइएको कापी्रले बताए। ‘पुरानो व्यवस्थाअनुसार प्राथमिक तहमा १२ वर्ष पढाएको व्यक्तिले निम्न माध्यमिक तहमा प्रतिस्पर्धा ग¥यो भने उसले स्वतः १२ नम्बर पाउँछ। यसो हुँदा स्वतः १२ नम्बर पाउने व्यक्तिसँग नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरेर नियुक्ति पाउन निकै कठिन हुन्छ’, काप्रीले भने, ‘अब जति वर्ष काम गरेको भए पनि ज्येष्ठताका आधारमा ५ नम्बरभन्दा बढी अंक कसैले पनि पाउँदैन।’

शैक्षिक योग्यतालाई थप अंक

संशोधित नियमावलीले सम्बन्धित उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको तहभन्दा माथिल्लो तहको शैक्षिक योग्यता छ भने थप अंक पाउने नयाँ व्यवस्था छ। जसअनुसार माथिल्लो शैक्षिक योग्यता प्रथम        श्रेणाीको छ भने एक नम्बर र द्वितीय        श्रेणीको छ भने दुई नम्बर पाउनेछ। न्यूनतम शैक्षिक योग्यताका लागि यसअघि दिइँदै आएको तीन नम्बरलाई भने यथावत् राखिएको छ। शैक्षिक योग्यता र ज्येष्ठताबाहेक सम्बन्धित उम्मेदवारले अन्तर्वार्ता दिएको प्रस्तुतिलाई १५ अंक दिइनेछ। अन्तर्वार्ताको अहिलेको पद्धतिलाई पनि कडाइ गरिने मन्त्रालयले तयारी गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.