अनाथ बालबालिका जीर्ण भवनमा

अनाथ बालबालिका जीर्ण भवनमा

गौर : गरुडा नगरपालिका–४ स्थित वंशिराम जैसवाल अनाथलयमा ३२ जना बालबालिका छन्। ३–२० वर्षसम्मका बालबालिका बस्ने भवन पुरानो र जिर्ण छ। कतिबेला भत्किने हो भन्ने त्रासकाबीच बस्नुपरेको बालबालिकाको गुनासो छ।

अनाथलयमा बस्दै आएका कृष्णनन्दन भन्छन् ‘ठाउँ–ठाउँमा भित्ताहरु चर्किएका छन्। कतिबेला भत्किने हो पत्तो छैन।’ भूकम्पले भवन चर्केको हो। पल्टरहरु उप्किन थालेका छन्। २०५२ सालमा एक संस्थाले निमार्ण गरेको भवन पिल्लरविहीन छ। त्यसयता मर्मत पनि गरिएको छैन। सोझै इटाको पर्खाल लगाएर बनाइएको भवन कमजोर रहेको अनाथलयका व्यवस्थापक हृदयलाल कुश्वाह बताउँछन्।

दुईतले भवनको तल्लो तलामा अनाथ बालबालिकाहरुको आवास छ। माथिल्लो दुई कोठामा उनीहरु पढ्दै आएका छन्। गरुडाका स्थानीय समाजसेवी ८३ वर्षीय वंशिराम जैसवालले आफ्नो २ कट्ठा ५ धुर जमिनमा २०५१ सालमा अनाथालय स्थापना गरेका हुन्। उनी अहिले अस्वस्थ्य छन्। तर पनि अनाथलयमा नै बस्छन्। बालबालिकाको रेखदेख र पढाइमा दिन बिताउँछन्।

स्थापनाकालदेखि हालसम्म ३० जनाले अनाथालयबाट उच्च शिक्षा हासिल गरेको अनाथालय सञ्चालन समितिले जनाएको छ। अनाथालयको नियमित आम्दानीका लागि ईन्धन ढुवानी गर्ने ट्यांकर खरिद गरिएको छ। त्यसैको आम्दानीबाटै ३२ जना बालबालिकाको खर्च जोहो हुँदै आएको छ। मासिक एकलाख बढी खर्च हुने अनाथालयमा अर्को आम्दानीको स्रोत नहुँदा सञ्चालनमा समस्या परेको समितिले जनाएको छ।

सस्थापक अध्यक्ष रहेका जैसवालले भने ‘भवन जिर्ण छ, पछिल्ला केही वर्षदेखि भत्किने हो की भन्ने चिन्ताले सताइरहन्छ।’ नयाँ भवन निर्माणका लागि अनाथालयमा आउने संस्थाका प्रतिनिधि र स्थानीय तहलाई जैसवाल आफैले आग्रह गर्दै आएको बताए।

अनाथालय सञ्चालन समितिले एक करोडको कोष स्थापनाको लागि पक्रिया अगाडि बढाएको छ। अनाथ बालबालिका पढाउन २०५७ सालदेखि सामुदायीक विद्यालयसमेत सञ्चालित छ। ५ कक्ष सम्म अनाथलयमा नै पढाइ हुन्छ। त्यसपछि उनीहरु अन्य विद्यालयमा पढ्न जाने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.