ट्रम्पपत्नी मेलानिया र क्यानेडियन प्रधानमन्त्री जस्टिनको त्यो अंकमाल...
![ट्रम्पपत्नी मेलानिया र क्यानेडियन प्रधानमन्त्री जस्टिनको त्यो अंकमाल...](https://annapurnapost.prixacdn.net/media/albums/melaniya-trump-gussip_20190826103326_Ic7jFkdKcR.jpg)
पेरिस : ‘जी सेभेन’ सम्मेलनका लागि यतिबेला प्रभावशाली मुलुकका नेताहरु फ्रान्समा छन् ।
तीमध्ये क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडो पनि छन् । जस्टिन मात्रै छैनन्, त्यहाँ अमेरिकी ‘फस्र्ट लेडी’ मेलानिया ट्रम्प पनि छिन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोका केही ‘मोमेन्ट’ यतिबेला अन्तर्राष्ट्रिय मिडियामा गस्सिप नै बनेका छन् ।
जी सेभेन सम्मेलनको पहिलो साँझ अधिकांश नेता दम्पतिसँगै उपस्थित भएका थिए । यस क्रममा मेलानियाले एकै दिनमा लगाएका दुईथरी ‘ड्रेस अप’को पनि चर्चा नै भयो । निख्खर रातो र निख्खर सेतो ड्रेसमा उनी सजिएकी थिइन् ।
यससँगै क्यानेडियन प्रधानमन्त्रीसँग उनले अंकमाल गरेको र हात मिलाएको तस्बिरलाई लिएर गस्सिप बनाइएको छ । यतिसम्म कि, ‘संसारकै सेक्सी नेता’को रुपमा चर्चा गरिने जस्टिनसँग मेलानियाको निकटताबारे सामाजिक सञ्जालमा चर्चा गरिन थालिएको छ ।
‘ह्यासट्याग ट्रुडोलभ्समेलानिया’ समेत ट्वीटरमा चलाउन थालिएको छ । खासमा डोनल्ड ट्रम्पकै पछाडिपट्टी उभिएकी मेलानियाले जस्टिनलाई जसरी अंकमाल गरिन् उक्त ‘मोमेन्ट’लाई उनीहरुको ‘इन्टिमेट पोजिसन’को रुपमा अथ्र्याइएको छ ।
त्यसो त, मेलानिया र जस्टिनको २०१७ मा पनि यस्तै किसिमको भेट भएको थियो । त्यसबेला पनि उनीहरु बारे यस्तै गस्सिप बनेको थियो । यसरी पूर्वमोडेल समेत रहेकी ४९ वर्षीया मेलानियाको ४७ वर्षीय जस्टिनसँग नाम जोडिएको बारे मेलानियाले कुनै प्रतिक्रिया दिएकी छैनन् । डोनल्ड ट्रम्प पनि यस्ता समाचारबारे मौन छन् । सामाजिक सञ्जालमा ‘के जस्टिन मेलानियालाई माया गर्छन् ?’ भन्दै जिज्ञासा र ठट्टा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)