विद्युतीय सवारीमा आकर्षण

विद्युतीय सवारीमा आकर्षण

काठमाडौं : नाडा अटो सो मंगलबारदेखि सुरु भएको छ। १४औं अटो सोमा विद्युतीय सवारीप्रति अवलोकनकर्ताको रुची बढेको छ। क्षेत्रपाटीका जेम मगिया विद्युतीय सवारी अवलोकन गर्न अटो सोमा आएका बताउँछन्।

विद्युतीय सवारी वातावरणमैत्री भएकाले खरिद गर्ने योजनासहित सोमा आएको मगियाले बताए। ‘विद्युतीय सवारीले वातावरण प्रदूषण गर्दैन। फोसिल फ्युलबाट चल्ने गाडी धेरै भएकाले काठमाडौं प्रदूषण भएको छ। विद्युतीय सवारीको प्रयोग बढाउने हो भने काठमाडौंको वातावरण सफा गर्न सकिन्छ।’ यसको सुरुआत आफैंले गर्नुपर्ने उनको भनाइ छ। उनी विगत १० वर्षदेखि फोसिल फ्यूलबाट सञ्चालन हुने गाडी चढ्दै आएको बताउँछन्। अब त्यो गाडी बचेर विद्युतीय सवारी किन्ने योजना उनले सुनाए।

इन्द्रचोकका आरके श्रेष्ठ विद्युतीय सवारी खरिद गर्दा २० प्रतिशत अग्रिम भुक्तानीमा खरिद गर्न पाउने भएकाले उत्साहित देखिन्छ। ‘२० प्रतिशत मूल्यमै सवारी किन्न सकिन्छ। सञ्चालन खर्च पनि कम हुन्छ’, श्रेष्ठले भने, ‘पेट्रोल खर्च बचत हुने भएकाले किस्ता तिर्न समस्या हुँदैन।’ सवारी नवीकरण दस्तुर पनि सस्तो भएकाले विद्युतीय सवारी सञ्चालन गर्न महँगो नपर्ने उनको भनाइ छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सञ्चार तथा बिक्री प्रमुख आवसिस ओझाका अनुसार विद्युतीय सवारीप्रति ग्राहकको चासो बढेको देखिएको छ। ‘विद्युतीय सवारीप्रति रुची भएका धेरै ग्राहक आएका छन्। विद्युतीय सवारीको फाइदाका बारेमा अध्ययन गरेर आएका ग्राहक धेरै छन्। यसले अबको भविष्य विद्युतीय सवारीको भएको देखाउँछ।’ ग्राहकको पहिलो जिज्ञासा नै विद्युतीय सवारीको हुने गरेको छ। ग्राहकको माग सम्बोधन गर्न पनि विद्युतीय सवारी बिक्री गर्नुपर्ने अवस्था छ।

हुन्डाईले गत अटो सोमार्फत आयोनिक सार्वजनिक गरेको थियो। यस वर्षको अटो सोमा हुन्डाईले कोना प्रदर्शनीमा राखेको छ। कोनामा दुई सयभन्दा धेरै ग्राहकले खरिदका लागि इच्छा जाहेर गरेको ओझा बताउँछन्। ‘हुन्डाईप्रति ग्राहकको विश्वास छ। यसका गाडी नेपालको आर्थिक क्षमता सुहाउँदो छ। भौगोलिक हिसाबले पनि उत्कृष्ट छ।’ अटो सोमा किया, बीवाईडी, हुन्डाई, पुगेट, दिगोले विद्युतीय सवारी प्रदर्शनीमा राखेका छन्। यस्तै दुई पांग्रेमा जेनस, दिगो, एनआईयु, सुपर सोको, मियामा छन्।

कपनका मिलन तामाङले अटो सोमा विद्युतीय स्र्पोटस् बाइक बारेमा बुझ्न आएको बताए। ‘विद्युतीय सवारी चढ्नुपर्छ भन्ने मान्यता छ। कार किन्न सकिने अवस्था छैन’, लामाले भने, ‘विद्युतीय बाइक बजेटभित्रै छ।’ अब विद्युतीय बाइक किनेर चढ्ने उनी बताउँछन्। योमामा ई मोटर्सका निर्देशक सञ्जीव शिल्पकारका अनुसार युवालाई ध्यानमा राखेर विद्युतीय मोटरसाइकल बजारमा भिœयाएको बताउँछन्। नेपालमा गुड्ने कुल सवारीको ७८ प्रतिशत मोटरसाइकलको हिस्सा छ। फोसिल फ्युलले वातावरण प्रदूषण गर्नुका साथै व्यापार घाटा पनि बढाएको छ।

‘युवामा मोटरसाइकलको आकर्षण बढ्दो छ। युवाको रुची स्पोटिङ मोटरसाइकलमा छ’, युवाको मागलाई सम्बोधन गर्न स्पोटिङ मोटरसाइकलको बिक्री सुरु गरेको शिल्पाकारले बताए। जेनसको स्पोटिङ मोटरसाइकल तीन लाख ७८ हजार रुपैयाँ तोकिएको छ। यो मोटरसाइकलले पूर्ण चार्जमा एक सय किलोमिटरसम्म गुड्ने उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.