निजगढ विमानस्थलबारे प्रदेश मन्त्रीको अभिव्यक्ति विवादमा

निजगढ विमानस्थलबारे प्रदेश मन्त्रीको अभिव्यक्ति विवादमा

बारा : प्रदेश-२का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको अभिव्यक्तिको विरोध भएको छ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा रायले दिएको अभिव्यक्तिलाई लिएर सोमबार निजगढवासीले उनको पुत्ला जलाएका हुन्। 

मन्त्री रायले पछिल्लो समय निजगढ विमानस्थल निर्माणका क्रममा रुख कट्न नदिने र स्थान परिवर्तन गर्नका लागि संघीय सरकारलाई प्रस्ताव गर्नेे अभिव्यक्ति दिँदै आएका छन्। 
तीन दशकअघि प्रस्ताव गरिएको र शिलान्यासको अन्तिम चरणमा रहेका बेला विवादित अभिव्यक्ति दिएको भन्दै निजगढवासीले मन्त्री राय पुत्ला समेत दहन गरेका हुन्। प्रदेशका मन्त्रीले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै निजगढवासीले आक्रोशित भएका हुन्। 

स्थानीयले मन्त्री रायलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन र जिम्मेवार हुन समेत आग्रह समेत गरेका छन्। संघीय सरकारको प्रयासलाई असफल पार्ने र मुलुकको समृद्धिसँगै प्रतिष्ठासँग जोडिएको आयोजनालाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बताए। 

‘प्रदेश सरकार आफू पनि केही काम नगर्ने, संघीय सरकारले अघि सारेको योजनालाई विफल पार्न अग्रसर हुने,’ पूर्वमन्त्री पौडेलले भने,‘यस्तो षड्यन्त्र हामी हुन दिने छैनौं, विमानस्थल प्रस्तावित स्थलमै बनाउनुपर्छ त्यसका लागि प्रदेश सरकारले भूमिका खेल्नुपर्छ।’

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले सरकारको उच्च प्रथामिकतामा रहेको विमानस्थलको यसै वर्षको मंसिरमा शिलान्यास गरिने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.