जहाज दुर्घटना हुनै लाग्दा यात्रुलाई सूचना दिन्छन् त पाइलटले ?

जहाज दुर्घटना हुनै लाग्दा यात्रुलाई सूचना दिन्छन् त पाइलटले ?

काठमाडौं : १९८२ मा इन्डोनेसियामा ज्वालामुखीको मुस्लोका कारण उडिरहेको जहाजका चारैवटा इन्जिन अचानक बन्द भए ।

ए बिए ९ नाम गरेको उक्त जहाजका इन्जिन एकैचोटी बन्द भएपछि यात्रु आत्तिनु स्वभाविक नै थियो । क्याप्टेन एरिक मूडीले भने यात्रुलाई भनेका थिए, ‘महिला तथा सज्जनवृन्द, तपाईँहरुको क्याप्टेन बोल्दैछ, हामी एउटा सानो समस्यामा छौँ, सबै चारवटै इन्जिनहरु बन्भ भएका छन् । हामी हाम्रो अवरोध पन्छाउँदै छौँ । मलाई विश्वास छ, तपाईँहरु अति पीडामा हुनुहुने छैन ।’

संयोगवश् यसो भनेको १५ मिनेटपछि उक्त जहाजका सबै इन्जिन पुन सञ्चालित भए । र सहज रुपमा जहाज अवतरण भयो । खासगरी जहाज दुर्घटना हुनै लाग्दा के सबै पाइलटले एरिक मूडीले झैँ यात्रुलाई सूचना दिन्छन् त ?

रिपोर्टहरुले के देखाउँछन् भने, सामान्यतः जहाज दुर्घटना हुने खतरा देखिँदा पाइलटहरु यात्रुलाई यसबारे जानकारी गराउँदैनन् । जहाज खस्दै गर्दा जहाजभित्र कस्तो वातावरण हुन्छ भन्ने धेरैलाई लाग्ला । अमेरिकी पाइलट एलन क्लेमेन्टका अनुसार यो सबै दुर्घटनाअघि कति अवधिसम्म जहाजमा समस्या देखिन्छ भन्ने कुराले निर्धारण गर्छ । उनी भन्छन्, ‘यदी समय रह्यो भने ‘क्र्यू’ले नियन्त्रणमा लिने धेरै प्रयत्न गर्छ ।’

अचानक हुने दुर्घटनामा भने त्यस्तो कुनै सम्भावना नहुने उनको भनाइ छ । ‘एयर ट्रान्सपोर्ट एसोशिएसन’का पूर्व सुरक्षा निर्देशक टोम फरिरका अनुसार सकेसम्म यात्रुलाई जानकारी दिने प्रयत्न गरिन्छ । रिटायर्ड फाइटर पाइलट एन्डी रुड भने यात्रुलाई पूर्व सूचना दिनु ‘क्र्यू’को मुख्य प्राथमिकता नहुने बताउँछन् ।

उनी भन्छन्, ‘कुनै पनि जहाज दुर्घटना दुर्लभ घटना हो । जुन अचानक नै हुन्छ । यदी सम्भव छ भने आपतकालिन अवतरण गर्नुपर्छ । यदी समय छ भने पाइलटले यात्रुलाई जानकारी गराएर आपतकालिन अवतरणको तयारी गर्छ ।’

पूर्व अमेरिकी एयरलाईन्सका एक कर्मचारीको तर्क छ, ‘जहाज दुर्घटना निश्चित छ भनेर यात्रुलाई कहिल्यै पनि भनिएको हुँदैन ।’ अर्थात्, जहाज दुर्घटना हुन्छ भनेर पाइलटले घोषणा गरेको हुँदैन । २००० मा लस एन्जलसमा जहाजको आपतकालिन अवतरणबाट बाँचेका एक यात्रु भन्छन्, ‘पाइलटले कहिल्यै दुर्घटनाबारे खतरा यात्रुलाई सुनाउँदैन ।

(एजेन्सीहरुको सहायतामा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.