अस्पतालमै मिर्गौलाको कालो धन्दा

अस्पतालमै  मिर्गौलाको कालो धन्दा

काठमाडौं : निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो।  श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्।

डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन्।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो। नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो। गैरकानुनी ढंगले झिकिएको मिर्गौला डा. श्रेष्ठको टोलीले योञ्जनको शरीरमा प्रत्यारोपण गरेको थियो।

अस्पतालले घटना गुपचुप पार्न खोजिरहेको ती बिरामीको भनाइ छ। निदानमा भेटिएका मिर्गौलाका बिरामीले अस्पताल प्रशासनले सत्यतथ्य बाहिर नल्याए प्रशासन गुहार्ने तयारी गरेका छन्। अस्पतालका कर्मचारीले समेत यो घटना छानबिन गर्न माग गरेका छन्।

दोरम्बा गाउँपालिकाले गत असार २० गते स्थानीय बासिन्दा शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गर्न उनका नातेदारको नाता प्रमाणित गरिदियो। नाता प्रमाणित गरिएको कागजमा लामाका भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भए। तर निदान अस्पतालले घिसिङको मिर्गौला निकालेन।

नाटकीय र चलाखीपूर्ण ढंगले निदान अस्पतालका चिकित्सकले कलंकी बस्दै आएका मिर्गौला तस्करी गर्ने केदार नाम गरेका व्यक्तिले खोजेर ल्याएका एक युवकको मिर्गौला निकाले।  केदारले ती युवालाई आर्थिक प्रलोभनमा पारे। त्यसपछि ती युवाको मिर्गौला योञ्जनलाई प्रत्यारोपण गरियो।

निदानका चिकित्सकले मिर्गौला झिकिएका व्यक्ति र गाउँपालिकाले दिएको नाता प्रमाणपत्रमा उल्लेखित भान्जा नाताका घिसिङको फोटोसमेत भिडाएन। मिर्गौला झिकिएका व्यक्ति र नाता प्रमाणित प्रमाणपत्रमा उल्लिखित व्यक्तिको फोटो नभिडाउनुले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरिएको पुष्टि हुन्छ।केदारले ५ लाख रुपैयाँ दिने सर्तमा ती युवालाई दाङबाट काठमाडौं ल्याएको स्रोतले बतायो।

आर्थिक चलखेलमा निदान अस्पतालले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरेको त्यहीं कार्यरत कर्मचारी बताउँछन्। मिर्गौला तस्कर केदार र निदान अस्पतालका केही चिकित्सक/कर्मचारी नियमित सम्पर्कमा रहने स्रोतले बताएको छ। अस्पतालले अवैध तवरबाट मिर्गौला प्रत्यारोपण गरेको प्रमाण अन्नपूर्णसित सुरक्षित छ।

नाता प्रमाणित लगायतका आवश्यक कागजपत्र बनाई लामाको टोली मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल पुगेका थिए। निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपिन प्रधानको टोलीले लामाको कागजपत्र हेरी मिर्गौला प्रयारोपण गर्ने स्वीकृति दिएको थियो। प्रत्यारोपण गर्नुअघि सबै कागजपत्र प्रधानको टोलीले प्रमाणीकरण गर्दै आएका छन्।

निदान अस्पताल व्यवस्थापनले भने नियम संगत रूपले योञ्जनको मिर्गौला प्रत्यारोपण गरिएको दाबी गरेको छ। अस्पतालका पूर्वअध्यक्षसमेत रहेका बोर्ड डाइरेक्टर प्रमोद प्रधानले कानुनसम्मत मिर्गौला प्रत्यारोपण गरिएको बताए। निदान अस्पतालले त्यस्तो गलत कार्य गर्नै नसक्ने प्रधानले जिकिर गरे।

योञ्जनलाई मिर्गौला प्रत्यारोपण गर्दा लाखैाँको आर्थिक चलखेल भएको स्रोतले बताएको छ। अस्पतालका कार्यकारी अधिकृत बिपिन प्रधानले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। प्रधानले अन्नपूर्णसँग भने, ‘यसबारे मैले अहिले बोल्न मिल्दैन।’

उनले गैरकानुनी ढंगले कसैलाई मिर्गौला प्रत्यारोपण नगरिएको बताए। प्रधानले भने, ‘हामी अनुसन्धान गर्छौं।’ तर निदान अस्पतालका केही कर्मचारी र डायलोसिस गर्ने बिरामीले योञ्जनका भान्जा घिसिङको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। निदानमा डाइलोसिस गरिरहेका एक बिरामीले भने, ‘गैरकानुनी ढंगले योञ्जनको मिर्गौला प्रत्यारोपण गरिएको हो, घिसिङको स्वास्थ्य जाँच गर्दा सबै तथ्य बाहिर आउँछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.