बारा, पर्साका हुरीपीडितले आज घर पाउँदै

बारा, पर्साका हुरीपीडितले आज घर पाउँदै

बारा : गत चैत्र १७ गते बारा र पर्सामा आएको हुरीका कारण विस्थापितले बुधवार घर पाउने भएका छन्।  नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८०७ र पर्सामा निर्माण गरेको ६२ वटा घर हुरीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको छ।

घर हस्तान्तरण गर्न मन्त्री पोखरेल बुधबार बिहान बारा आउने नेपाली सेनाले  जानकारी दिएको छ। सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगन्जमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्नछन्।

हुरीले बारा र पर्सामा ठूलो क्षति पुर्‍याएपछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।  सो निर्णयपछि बारा र पर्सामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेका थिए। घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए। सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए।

रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले बारा र पर्सामा एकसाथ घरको शिलान्यास गरेका थिए। सेनाले बारा र पर्सामा गरी ८८१ घर निर्माण थालेको थियो। केही घरमा विवाद देखिएपछिसेनाले  सय ८६९ घरको काम सुरु गरेको थियो।

हुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने एक हजार भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। क्षति संकलनमा नाम छुटेकाको घर निर्माण हुन सकेको छैन्। नाम छुटेका कारण घर पाउनबाट बञ्चित पीडित अझै टेन्टमा बस्न बाध्य छन्। बारामा मात्रै ५५६ जनाको नाम छुटेको भन्दै विरोध प्रदर्शनसमेत भएको थियो। सामान्य क्षति भन्दापनि पूर्णरुपमा घरबिहीन बनेका पीडितको तथ्यांक संकलन गरी घर निर्माणको कामलाई दोस्रो चरणमा अघि बढाइने बताइएको छ। 

हुरी पीडितले घरको लागत प्रतिघर ४ लाख ८५ हजार रहेको छ। सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४६ हजार दरले रकम उलपब्ध गराएको थियो। कटिन्जेन्सी र निर्माण सामाग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ। सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ। उक्त घर प्राकृतिक प्रकोप प्रतिरोधी रहेको सेनाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.