चरेश ओसारपसार गर्ने श्रीमान‍्-श्रीमतीसहित ६ पक्राउ

चरेश ओसारपसार गर्ने श्रीमान‍्-श्रीमतीसहित ६ पक्राउ

बझाङ : झोलामा लुकाई छिपाई गाडीबाट धनगदीतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले  १२ केजी चरेशसहित ४ जनालाई   पक्राउ गरेको छ ।  सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्बरको यात्रुबाहक बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्याँडी प्रहरी चौकीले १२ केजी चरेशसहित ५ जनालाई मंगलबार पक्राउ गरेको हो । 

चरेस ओसार गर्ने सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ वर्षीया हरिवीर बोहरा र उनकी श्रीमती ४८ वर्षीया रनकला बोहरा सुर्मा गाउँपालिका १ कै ६० वर्षीय लछी बोहरा र गाडी मालिकसमेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ वर्षीय कासी ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए।

उनका अनुसार  प्रहरीले  गाडी चेकजाँच गर्ने क्रममा ३ वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भइरहेको छ । अहिले ५ जनालाई प्रहरी  हिरासतमा राखिएको बताए। त्यस्तै एक केजी २ सय ग्राम चरेश लागुऔषध चरेससहित सुर्मा गाउँपालिका ४ घर भइ हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारी टाउन बस्ने २२ वर्षीया नरेशबहादुर बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बेलुका जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को तमैल बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

उनलाई प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर बमको टोलीले नियन्त्रणमा लिएको हो। कर्णाली रिभर यातायातको ना ५ ख ६७३५ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुमाथि शंका लागेपछि खोजतलास गर्दा झोलाबाट १ किलो दुई सय ग्रामसहित नगद ४१ हजार ५ सय फेला परेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.