हुरी पीडितले पाए नयाँ घर

हुरी पीडितले पाए नयाँ घर

बारा : गत चैत्र १७ गते बारा र पर्सामा आएको हुरीबाट विस्थापित पीडितले नयाँ घर पाएका छन्। नेपाली सेनाको जनता आवास कार्यदलले बारा र पर्सामा निर्माण गरेको आठ सय ६९ वटा घर बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई नमुना घर हस्तान्तरण गरेका हुन्।

रक्षामन्त्री पोखरेलले सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई र मुख्यमन्त्रीले सम्बन्धित स्थानीय तहका प्रमुखहरुलाई नमुना घर हस्तान्तरण गरे। हुरी पीडितका लागि चैत्र २१ गतेको मन्त्रिपरिषद् निर्णयले नयाँ घर निर्माण गर्ने घोषणा गरेको थियो। उनीहरुको घर निर्माणको काम नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो। तीन हजार सेनाको सहभागीतामा निर्माण भएका घर बुधबार पीडितलाई हस्तान्तरण गरिएको हो। २९ जनाको मृत्यु हुने गरी आएको हुरीले बारा र पर्सामा एक हजारभन्दा बढी घरमा क्षति पुगेको थियो।

क्षतिको विवरण संकलनमा छुटेका केही पीडित अझैं पालमुनि नै बस्न बाध्य छन्। हुरी पीडितका लागि निर्माण भएको प्रतिघरको लागत चार लाख ८५ हजार रहेको नेपाली सेनाले जनाएको छ। सरकारले प्रतिघर निर्माणका लागि पाँछ लाख ४६ हजार रुपैयाँ उपलब्ध गराएको थियो।

कटिन्जेन्सी र निर्माण सामाग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गरेको छ। नयाँ घरमा दुई कोठा एक भान्सा, सौचालय र बरण्डा छन्। उत्कृष्ट निर्माण सामग्री प्रयोगले घर भूकम्प र प्राकृतिक प्रकोप प्रतिरोधी भएको निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.