नक्कली लाइसेन्ससहित तीनजना पक्राउ

नक्कली लाइसेन्ससहित तीनजना पक्राउ

बारा : नक्कली लाइसेन्स बनाउने गिरोहमा सक्रिय तीनजनालाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ । यातायात ब्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भन्दै सर्वसाधारणलाई ठगि गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बारा सुवर्ण गाउपालिका ५ का ४५ वर्षीय गगनदेव साह, मकवानपुरको बकैया गाउँपालिका ८ का ३९ वर्षीय रामबहादुर स्याङतान र ३३ वर्षीय गोपालसिंह भुलन रहेका छन् । प्रहरीले स्याङतान र भुलनलाई कलैया चोकबाट नियन्त्रणमा लिएको हो भने साहलाई घरबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुको साथबाट आठ लाख नगद र पाँच नक्कली लाइसेन्स बरामद गरेको छ । सर्वसाधारणको उजुरीको आधारमा उनीहरुको खोजी भइरहेको थियो । कलैया बजारमा हिँडिरहेको सूचना पाएपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उनीहरुले प्रति व्यक्ति २५ हजार रकम लिएर नक्कली लाइसेन्स दिने गरेका थिए । पक्राउपछि २४ सर्वसाधारणलाई ठगी गरेको बयानका क्रममा खुलेको राठौरले बताए । 

पक्राउ परेका तीनमध्येका साह नक्कली लाइसेन्स बनाउन सरकारी छाप दस्तखत किर्ते गरेको मुद्धामा जिल्ला अदालत बाराबाट सजाय पाएका व्यक्ति हुन् । अदालतले कैद सजाए सुनाए पनि साह फरार थिए । जिल्ला अदालतले गत चैत्र १२ गते साहलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना गरेको थियो । 

मुद्धा फैसला हुनुअघि धरौटी राखेर तारेखमा रिहा फरार भएका उनि अदालत र प्रशासनलाई छक्याउदै पुनः नक्कली लाइसेन्स बनाउन सक्रिय रहेको खुलेको छ । प्रहरीका अनुसार साहले स्याङतानलाई बिचौलीयाको रुपमा प्रयोग गर्दै आएका थिए । प्रकाउ परेकामाथि अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको र अन्यको पनि संलग्नता हुनसक्ने देखिएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.